दिपेन्द्र पौडेल,
पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत सामाजिक महाशाखाका सूचना अधिकृत ओमराज पौडेल यहि असार ९गते शनिवार विहान करिब ५ः०० बजे सदाझै नियमितरुपमा बिहिनी यात्रामा मा निस्कनु भएका पौडेल हाल सम्पर्क सम्पर्क विहिन छन् ।पौडेल सम्पर्क विहिन भएका कारण परिवारजनमा पिडा थपिएको छ । पौडेल बेपत्ता हुनुमा परिवारिक कुनै पनि कारण देखिदैन । विभिन्न मिडियाका अनुसार महानगरपालिकाबाटै हुन गएको तनावका कारण उहाँले आत्मा हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । निजले आत्मा हत्या गरेका हुनकी भनी जिल्ला स्थित सुरक्षा निकाय, पत्रकार तथा पौडेलका आफन्तजन, शुभचिन्तक, नागरिक समाज नियमितजसो खोजी कार्यमा जुटि रहदाँ समेत उहाँको कुनै जानकारी प्राप्त भएको छैन । यसमा पोखरा लेखनाथ महानगरपालिकाले फरक बिचार र आस्थाको आधारमा मानसिक तनाव दिएको भन्ने कुरा जानकारीमा आएको र हाल सम्म महानगरपालिकाबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन । यदि यस्तो हो भने महानगरपालिकाले पनि उक्तको घटनाको सम्बन्धमा स्पष्ट पार्न जरुरी देखिन्छ ।