काठमाडौं : उपेन्द्र न्यौपानेको शब्द तथा संगीत रहेको ‘पोखरेली…’ गीतको म्युजिक भिडियो छायांकन गरिएको छ । गायक श्रीकृष्ण श्रेष्ठको स्वर रहेको गीतमा बालकृष्ण सेवाचार्यले एरेन्ज गरेका छन् ।
सपना खड्का चापागाईको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोको छायांकन राजधानीकै प्रसिद्ध स्थल गोकर्णमा गरिएको हो । म्युजिक भिडियोमा रुपेशराज खड्का, सपना खड्का चापागाई, कोशिस गिरी र सुधा बस्नेतले अभिनय गरेका छन् । अहिलेको युवा पिडीलाई लक्षित गरेर उत्त म्युजिक भिडियोको निर्माण गरिएको छ । सिनेसाइड डिजिटलले निर्माण गरेको उक्त भिडियोको छायांकन भने विजय जिरेलले गरेका हुन् । उक्त म्युजिक भिडियो चाडैनै बजारमा आउने निर्माण युनिटले जनाएको छ ।