पौने दुई लाख नक्कली नोटसहित दुईजना पक्राउ

प्रकासित मिति: ८ श्रावण २०७४, आईतवार १२:१३

काठमडौं, साउन ८ । मोरङमा हालसम्मै धेरै परिमाणमा नक्कली नेपाली नोटसहित दुइएजना पक्राउ परेका छन् । निर्वाचनको मौका छोपी नक्कली नोटको कारोबार गर्ने विराटनगर ६ का २२ वर्षीय संगीत महतो र विराटनगर(७ का २१ वर्षका सुमन तालाङ्गीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
प्रहरीले महतोको साथबाट ५ सय दरका १ सय ५० थान ७५ हजार रुपैयाँ र तालाङीको साथबाट ५ सयदरकै १ सय ९८ थान ९९ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले पक्राउ परेका व्यक्ति तथा नक्कली नोट सार्वजनिक गरेको हो ।
पक्राउ परेका दुवै जनालाई प्रहरीले खोटा चलन मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ । उनीहरुको शरीर खानतलासी गर्दा उक्त परिणामको नक्कली नोट फेला परेको हो । मोरङमा यति ठूलो परिणाममा नक्कली नोट बरामद गरेको पहिलो पटक हुन सक्ने प्रहरीले बताएको छ ।

Bhansar Bivag
Argakhachi Cement