प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्बोच्च जनसभा सदस्य र पूर्वमन्त्री ढकाल बीच भेटवार्ता

प्रकासित मिति: १२ जेष्ठ २०७५, शनिबार १५:४८

कोरियाली प्रायद्वीपको स्थायी शान्तिको बारेमा गहन छलफल

१२ जेठ, काठमाडौं । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्बोच्च जनसभाका सदस्य तथा युवा बिभागका प्रमुख जोंग योङ्ग वोनले नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल संग भेट गर्नु भएको छ ।
शनिबार भएको पूर्वमन्त्रि ढकालको सचिवालयमा भएको भेटमा दुइ देशको आपसी सम्बन्ध तथा कोरियाली प्रायद्वीपको स्थायी शान्तिको बारेमा कुरा भएको भेटमा सहभागि नेपाल परिवार दलका प्रबक्ता सन्तोष कुमार पौडेलले जानकारी दिनु भयो ।
परिवार दलका अध्यक्ष समेत रहेका ढकालले भेटमा आफ्नो पार्टी परिवार दल र नेपाली नागरिक दुइ कोरियाको शान्तिपूर्ण पुनर्मिलन भएको देख्न चाहेको बताउनु भयो । भेटमा परिवार दलका नेताहरु तथा कोरियन दुतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो । कोरियाली प्रायद्वीपको स्थायी शान्तिको खांतिर पूर्वमन्त्री ढकालले दुवै कोरियाको पटक पटक भ्रमण गरि उच्च पदस्थ कोरियालीअधिकारीहरुसंग भेटबार्ता गर्नु भएको छ ।

Bhansar Bivag
Argakhachi Cement