प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि धमाधम उम्मेदवार छान्दै दल

प्रकासित मिति: १७ आश्विन २०७४, मंगलवार ०२:३२

एमालेले धमाधम उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । अधिकांश जिल्लाबाट सोमबारै उम्मेदवार छनोट सिफारिस सुरु भएको छ ।

स्थायी समितिले निर्धारण गरेको विधि, प्रक्रिया र मापदण्डअनुसार सोमबारबाट प्रदेश सभा निर्वाचन समन्वय कमिटी र प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीले सुझाबसहित सिफारिस सुरु गरेको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

‘सोमबार र मंगलबार प्रत्यक्ष र समानुपातिकातर्फका उम्मेदवारको नाम सुझाबसहित सिफारिस हुन्छ, श्रेष्ठले भने, ‘त्यसपछि जिल्ला कमिटी र प्रदेश हुँदै स्थायी समितिमा सबै उम्मेदवारको नाम आउनेछ ।’
१० असोजमा सम्पन्न स्थायी समिति बैठकले १६ असोजबाट छनोट प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो ।

बैठकले १९ र २० असोजमा जिल्लाले, २२ र २३ असोजमा प्रदेशले उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाउनुपर्ने कार्यतालिका निर्धारण गरेको थियो ।

प्रदेश र केन्द्र दुवैमा प्रत्यक्षतर्फ एक महिलासहित तीनजना तथा समानुपातिकतर्फ एक महिलासहित हरेक प्रदेश निर्वाचन क्षेत्रबाट तीनजनाको नाम सिफारिस गर्न स्थायी समितिले निर्देशन दिएको छ ।

समानुपातिकबाट सांसद बनिसकेका भने दोहोरिएर पुरानै कोटामा सिफारिस हुन नसक्ने एमालेको निर्णय छ ।,

Bhansar Bivag
Argakhachi Cement