रित बहादुर श्रेष्ठ (कृष्ण)
वास्तवमा कुनैपनि चीज स्थायित्व भए त्यसको नजिजा पनि स्थायित्व हुन्छ । जे बाट देशमा स्थायित्व र सम्मृधि हुन्छ त्यो कार्य गर्न किन हामी डराउँछौ । एक पेय पदार्थको विज्ञापन टेलिभिजन तिर हेर्नुभएकै होला । ‘डर को अगाडि जित हुन्छ ।’ यदि हामी सबै नागरिकलाई जितको महशुस के गर्दा हुन्छ त्यो गर्न अब पछि पर्नु हुदैन । सबै नेपाली नागरिकको अपनत्व हुने ब्यबस्था छाहिन्छ भने त्यो गर्न अव हामीले ढिला गर्नु हुदैन् ।
नेपालमा अहिले भएको संसदिय व्यवस्था पनि आफैमा नराम्रो भने हैन । विश्वको धेरै देशमा यो व्यवस्थाले देश समृधि, विकास, सृुसासन तिर अगाडि बढीरहेका छन् ।
सबै ब्यबस्थाका राम्रा र नराम्रा कुरा हुन्छन तर हाम्रो देश न नराम्रो पक्षको अभ्यास वढि गरिदै आएको छ । यसको अर्थ राम्रा कुरा नभएका भन्ने चाहि हैन् तर जति हुनु पर्ने हो त्यो हुन् सेकेको छैन् ।
‘कहि नभएको जात्रा हाँडी गाउँमा’ भने जस्तै नेपालको संसदिय ब्यबस्थामा २६ वर्षमा २४ प्रधानमन्त्री बने । ५ महिना देखि २९ महिना सम्म भन्दा बढी कुनै सरकार टिक्न सकेका छैनन् । कति खेर सरकार ढल्छ र बन्छ कुनै टुङ्गो नै छैन । राज्यको नेतृत्व गछु भन्ने नेताहरु नागरिक, देश, राष्ट्र को मतलवै नभएजसो गरी जे मन लाग्यो त्यही गरिरहेका छन् । यो अवस्था देख्दा लाग्छ मुलुकमा लोकतान्तिक गणतन्त्र छ की की मन –परितन्त्र ।
जनतामा निरासा, गरिबी, अशिक्षा जस्ता अनेकौ समस्याहरु जस्ता को तस्तै छन् । यो सबै हुनुमा स्थाही सरकार नुहुनु पनि प्रमुख कारण हो ।
मुलुकमा २६ वर्ष २४ वटा प्रधानमन्त्री यसको अर्थ १२० वर्ष भित्र पाउने प्रधानमन्त्री अहिले नै पाइसके तर के १२० वर्ष पनि हुने विकास अहिले भईरहेको छ त ?
यसको मुख्य कारण भनेको नै अस्थिर सरकार, संसदिय व्यवस्थाको दुरुपयोग नै हो । राष्ट्र र नागरिकलाई पहिलो प्राथामिकता मा नराखी आ–आफ्नो पार्टी र कार्यकर्तालाई पहिलो प्राथमिकता राख्दा अहिलेको अवस्था सृजना भएको हो ।
हाम्रो देश भन्दा पछाडि रहेका देशहरु विश्वको टप १० भित्र परिसके , आज भन्दा ६० वर्ष पहिले नेपालले दक्षिण कोरियामा खाद्यान्न पठाउथ्यो आज त्यहि देशमा हजारौ नेपाली नागरिक रोजगारीको लागि पुगेका छन् ।
सिंगापुर का लिई क्वान, मलेसियाका महोमथ माथुर जस्त एक व्यक्ति को सोचले आ–आफ्नो देशमा विकास र समृद्धि ल्याउन सफल भए । यो त्यती बेला सम्भव भयो त्यो देशमा स्थीर सरकार बन्यो । त्यसैले नयाँ नतिजाको लागि नयाँ ढंगले काम गर्नु आजको आवश्यकता र देशको माग पनि हो ।
त्यसकारण ! अव नेपालमा नागरिकहरले प्रत्यक्ष मतदान गरि कार्यकारी राष्ट्रपति बनाउने ब्यबस्था संविधानमा नै गर्नुपर्छ । शासन प्रणाली लाई परिवर्तन नगरी अब देश को बिकास र सम्वृद्धि हुनै सक्तैन । नागकिको मतदान शक्ति कति हुन्छ भन्ने कुरा अमेरिकी राष्ट्रपति निर्वाचनमा देखियो । तसर्थ हामी सबैले एकपल्ट प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक सहितको संसदिय ब्यबस्थाको लागि तयार हुनैपर्छ ।
सदस्य, केन्द्रिय परिषद तथा खेलकुद बिभाग
नयाँ शक्ति पार्टी ,नेपाल