प्रधानमन्त्रीद्वारा नगरप्रमुख चौधरीको अवस्थाबारे जानकारी

प्रकासित मिति: ३ चैत्र २०७४, शनिबार १५:४३

प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे आज जानकारी लिनुभएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगी उहाँले नगरप्रमुख चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

उक्त अवसरमा प्रधानमन्त्रीले चौधरीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अस्पताललाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशनसमेत दिनुभयो ।

“उपचार खर्च सरकारले व्यहोर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँको उपचारमा कुनै पनि कसर बाँँकी नराखी उपचार गर्नुहोस् ।”

सोही अवसरमा उहाँले चौधरीको घटनाबारे निष्पक्ष छानबिन हुने परिवारका सदस्यलाई बताउनुभयो । उहाँले घटनामा संलग्नलाई कानूनअनुसार कारवाही हुनेसमेत बताउनुभयो ।

चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीका साथमा नेकपा (एमाले)का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य डा राजन भट्टराईसमेत अस्पताल जानुभएको थियो ।

सोही अवसरमा चौधरीको उपचारमा संलग्न चिकित्सक डा प्रदीप थापासँग पनि प्रधानमन्त्री ओलीले जानकारी लिनुभयो ।

नगरप्रमुख चौधरीलाई अपरिचत समूहले गत फागुन २८ गते घरमा बसिरहेका बेला गोली र खुकुरी हानेका थिए

Bhansar Bivag
Argakhachi Cement