प्रधानमन्त्री चयनका लागि आइतबार बिहान ११ बजे चुनाव हुने

प्रकासित मिति: १९ जेष्ठ २०७४, शुक्रबार ११:१७

काठमाडौं, जेठ १९ – प्रधानमन्त्री चयनका लागि आउँदो आइतबार बिहान ११ बजे चुनाव हुने भएको छ । व्यवस्थापिका संसद सचिवालयले शुक्रबार सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रधानमन्त्रीको उम्मेद्वारको मनोनयन शनिबार बिहान ११ बजेदेखि ४ बजेसम्म दिन सकिने छ । शनिबार नै बेलुकी साढे ४ बजे प्रधानमन्त्रीका उम्मेद्वारको सूची प्रकाशित गरिनेछ । मुख्य विपक्षी नेकपा एमालेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद चल्न नदिने भन्दै संसदको अवरोध खुलाएर प्रधानमन्त्री चयनको कार्यतालिका बनाउन सुझाव दिएको थियो । तर त्यो सुझाव विपरित सभामुख ओनसरी घर्ती मगरले प्रधानमन्त्री चयनको कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।

Bhansar Bivag
Argakhachi Cement