प्रधानमन्त्री देउवासँगै ७ मन्त्रीले सपथ

प्रकासित मिति: २४ जेष्ठ २०७४, बुधबार ०८:२४

नवनिर्वाचित प्रधामनन्त्री शेरबहादुर देउवासँगै सात मन्त्रीहरुले केहीबेरमा सपथ लिँदै छन्। देउवा सरकार तीन जना उपप्रधानमन्त्री र चार जना मन्त्रीले आज सपथ लिन लागेका हुन्।

तीन उपप्रधानमन्त्रीमा कांग्रेसका गोपालमान श्रेष्ठले शिक्षा, माओवादी केन्द्रका कृष्णबहादुर महराले परराष्ट्र र नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदारले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

त्यस्तै चार जना मन्त्रीमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, फर्मुल्लाह मन्सुरले श्रम तथा रोजगार माओवादी केन्द्रका जनार्दन शर्माले गृह मन्त्रालय सम्हाल्ने छन्। माओवादीकै प्रभु शाह बिना विभागीय मन्त्री हुँदैछन्।

Bhansar Bivag
Argakhachi Cement