संखुवसभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ । तर दुवै पक्षबीच कुनै क्षति भने भएको छैन । दुई पक्षबीच दोहोरो गोली हानाहान भएको प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले पुष्टि गरे ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको सात जनाको टोली र सशस्त्र प्रहरी बलको १० जनाको टोलीमाथि सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेका थिए । प्रहरीले देशव्यापी रुपमा प्रतिबन्धित विप्लव समूहविरुद्ध ‘सर्च एण्ड अरेस्ट अपरेसन’ चलाएको छ ।गोली हानाहानपछि विप्लव समूहका कार्यकर्ता भागेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ