जेठ १५ । काठमाण्डौ । नेपालमा स्वदेशी र बिदेशी कम्पनीहरुबाट उत्पादिक ४० अर्वभन्दा बढीको औषधि कारोबार हुने गरेको छ ।
पब्लिक युथ कलेज धोबिचौर काठमाण्डौद्धारा मङलबार स्नाकोत्तर तहका बिद्यार्थीको लागि एक दिने फर्मा माकेटिङ्गमा पनि रोजगारीको अवसर बिषयक कार्यक्रका बत्ताहरुले यस्तो धारणा राखेका हुन् ।
नेपाल औसधिगत बिक्री प्रबन्धक संगठनका अध्यक्ष तथा एन्टिकरपशन मुभमेन्टका राष्ट्रिय सचिव सुरजित दत्तले नेपालमा फर्मा माकेटिङ्ग तथा फर्मा क्यारियरको भबिश्य उज्वल रहेको बताए ।
ब्यस्थापन संकायमा अध्यन गर्ने धेरै जसो बिद्यार्थीको बैकिङ्ग क्षेत्र रोजाईमा पर्ने गरे पनि अन्य क्षेत्रमा पनि त्यतिकै रोजगारीको अवसर रहेको दत्तको भनाई थियो । उनले अझ माकेटिङ्ग क्षेत्र संसारको उत्कृष्ठ रोजगारीको क्षेत्र रहेको उल्लेख गदै नेपालमा ४० अर्वको औषधिको कारोबार हुने गरेको बताए ।
उनले नेपालमा ७५ भन्दा बढी औषधी कम्पनी रहेकोले यस क्षेत्रमा पनि प्रयाप्त रोजगारीको अवसर रहेको उल्लेख गरे । उनले अहिले नेपालका ४०० भन्दा बढी बिदेशी औषधी कम्पनीको औषधी बिक्री हुने गरेको बताए ।
अध्यक्ष दत्तले फर्मा मर्केटिङ मा करियर बनाउन लाई आवस्यक के के कुरा चाहिन्छ तथा व्यक्तिव बिकास किन आवस्यक छ लगायत का बिषयमा अफ्नो अनुभव साटेका थिए . कर्मशको विद्यार्थी पनि फर्मा मा भविस्य उज्ज्वल छ भनी प्रकाश पारेका थिए । बिद्यार्थीहरु कलेज बाट सैद्धान्तिक कुरा सिख्ने अवसर पाउँछन् तर फर्मा को बारे अनुभव सुन्न मौका पाएको मा खुसी व्यक्त गरे। दत लाई खादा ओडाइ तथा मायाको चिनो ले सम्मान गरिएको थियो । दत २० वर्ष को आफ्नो अनुभव सुनाउन पाउँदा आफू लाई नयाँअनुभव तथा नयाँ कुरा शिक्न पाएको र कलेजको आयोजक लाई धन्यवाद व्यक्त गरे।
सोही अवसरमा महाबिर हेल्थ फाउन्डेसनका अध्यक्ष दिपक भट्टचार्यले नेपालमा फर्मा माकेटिङ्गको भबिश्य उज्वल रहेको बताए ।
पब्लिक युथ कलेजका बिद्यार्थीहरुले फर्मा माकेटिङ्गको बारेमा धेरै कुरा बुझन पाएको भन्दै खुशी ब्यक्त गदै आगामी दिनमा पनि यस्ता खालका गरी कलेजमा अध्यनरत बिद्याथीहरुलाई फर्मा माकेटिङ्गको बारेमा जानकारी दिइरहेने बताए ।