काठमाडौं । किरात धर्म गुरु फाल्गुनन्दको १ सय ३२ औं जन्मजयन्तीको अबसरमा नेपाल परिवार दल सम्पूर्ण किरात धर्मालम्बी नेपाली दाजु भाई तथा दिदी बहिनिहरुमा हार्दिक शुभकामना ब्यक्त गरेको छ ।
दलका अध्यक्ष एकनाथ ढकालले बिज्ञप्तिी जारी गदै बहु जाति धर्म संस्कृति र भाषा भएको मुलुक नेपालको तागत नै बिबिधतामा एकता हो भनेका छन् । उनले फाल्गुनन्दको जन्मजयन्तीको अबसरमा सम्पूर्ण नेपाली बिचको एकता र सामाजिक सदभाब बलियो होस् भन्ने कामना ब्यक्त गरेका छन् ।