फिलिपिन्सकी उपराष्ट्रपतिसँग अध्यक्ष ढकालको शिष्टाचार भेट

प्रकासित मिति: २८ आश्विन २०७६, मंगलवार १५:२४

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र फिलिपिन्सकी उप राष्ट्रपति लेनी रिवार्डोसँग शिष्टाचार भेट गरेका छन् । तीन दिने फिलिपिन्सको भ्रमणमा रहेका अध्यक्ष ढकालले फिलिपिन्सकी उप राष्ट्रपति लेनी रिवार्डो सँंग उपराष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गरेका हुन् । भेटमा आपसी हित, सहकार्य तथा क्षेत्रीय शान्तिको बारेमा छलफल भएको थियो । भेटमा विश्व शान्ति र मानव कल्याणको खातिर सबै एकजुट भएर अघि बढनुपर्नेमा जोड दिईएको थियो ।
अध्यक्ष ढकाल इन्टरनेशनल एशोशियसन अफ पार्लियामेनटरियन फर पिस ९आइएपिपि० एशिया प्रशान्त क्षेत्रका अध्यक्ष हुन् । पछिल्ले समय ढकाल विश्वका विभन्न राजनेताहरुसँग निरन्तर भेटघाट तथा सम्बादमा छन्।

Bhansar Bivag
Argakhachi Cement