काठमाडौ । बूढानीलकण्ठ नगरपालिका वार्ड नं १० , बालुवाखानीमा संचालित फेरिल्याण्ड इन्टरनेशनल स्कूलले कक्षा प्ले ग्रुप, नर्सरी, एल के जी, यू के जी तथा एक, दुई र तीन मा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई सचेतना कार्यक्रम सञ्चालन गरियो । उक्त कार्यक्रममा तपस नेपालका अमिस पौडेलले सञ्चार अभिभावक र विद्यालय बीचको सम्बन्ध बारे प्रकाश पार्नु भयो । बिद्यालयका निर्देशक विनोद अधिकारीले विद्यार्थीहरुको चौतर्फी विकासमा अभिभावकहरुको विशेष भूमिका रहेको कुरा बताउनु भयो । विद्यार्थीहरुको सर्वाङ्गीण विकास का लागि ।अभिभावकहरुको भूमिका गहन रहेको कुरा राख्दै बिद्यालयका निर्देशक राम प्रसाद गौतमले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल बिष्णु चन्द्र अधिकारीले विद्यालय, अभिभावक तथा शिक्षक शिक्षिका बीचको समुदुर सम्बन्धले मात्र बाबु नानीहरूको पढाइमा सुधार हुने कुरा माथि प्रकाश पार्दै संस्कार युक्त शिक्षा आजको आबस्यकता हो भन्दै घर तथा विद्यालयले संस्कार र संस्कृतिको ज्ञान सही तरिकाले दिनु पर्ने कुराहरु राख्नु भयो । उपस्थि सम्पूर्ण अभिभावकहरुलाई बिद्यालयमा स्वागत गर्दै आधुनिक शिक्षाको अभियानमा सहभागी भई आफ्ना बाबु नानीहरूको भविष्य निर्माणमा जोड दिनु हुन अनुरोध गर्नु भएको थियो।