काठमाण्डौ । नेपाल परिवार दलले आर्थिक वर्ष २०७५र०७६ को बजेट सकारात्मक भए पनि ऐतिहासिक र सबैको मन जित्न नसकेको टिप्पणी गरेको छ । दलका अध्यक्ष एकनाथ ढकालले बजेटबारे भने बजेट राम्रो छ । पूर्वाधार विकास, ऊर्जा, पर्यटन, स्वास्थ्य, रोजगार, कृषिलाई प्राथमिकता दिइएको छ । रोजगार सिर्जना र काम दिने उल्लेख गरिएको छ । जनशक्ति र उत्पादकत्व बढाउने विषयमा केन्द्रित छ तर पनि यो बजेट एतिहासिक बन्न नसकेको बताएका छन् ।
सरकारले आर्थिक वर्ष २०७५र०७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ विनियोजन गरेको छ ।आगामी आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक बृद्धि हुने अपेक्षा लिएको बजेट सारंशमा राम्रै बिषय बस्तुहरु समेटेर निर्माण गरियको भएता पनि एतिहाँसिक फड्को भने मार्न नसकेको जनाएको छ ।
अध्यक्ष ढकालले सामाजिक संञ्जाल मार्फत प्रतिक्रिया दिदै प्रधानमन्त्रीले घोषणा गर्नु भएको ूसमृद्ध नेपाल, सुखी नेपालीू को अभियानलाई साकार पार्ने गरी बजेट आउने जनअपेक्षा भए पनि बजेट कर्मकाण्डीमै धेरै हद सम्म सिमित भएको देखिएको बताए ।
पूर्वमन्त्री समेत रहेका ढकालले बजेटले वाम प्रगतिशील गठबन्धनको घोषणापत्र र समृद्धिको सपनालाई सहि रुपमा सम्बोधन गर्न सकेको देखिएन जसले गर्दा दिगो विकास र समृद्धितर्फको यात्राले तिब्रता पाउनेमा खासै उत्साहित हुन सकियन । सडक पूर्वाधारमा १ खर्ब बजेट बिनियोजन हुनु सकारात्मक भए पनि बजेटको प्रभावकारी कार्यन्वयनले मात्रै यसको औचित्य प्रुष्टि गर्ने छ । बजेट उत्पादनको विकास, रोजगारी सृजना, गरिबी निवारण, व्यापार घाटाको न्यूनीकरण, संघियताको कार्यन्वयन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा उर्जा र पर्यटनको बिकासमा केन्द्रित हुनु उपयुक्त हुन्छ भन्दै बजेटको कार्यन्वयनमा सफलताको कामना गरेका छन् ।