अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ४ जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३/३ जना, धादिङ र सिन्धुलीमा २/२ जना तथा पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एकएक गरी ३४ जनाको मृत्यु भएको छ ।