काठमाडौंँ । कवि तथा गीतकार अमर वान्तुका गीत तथा कविताहरूको संग्रह ‘परिभाषाका राँटाहरू’ तथा गीति एल्बम (म्युजिक भिडियो) ‘अमर भावना’को एक कार्यक्रमबीच विमोचन गरियो ।
संग्रह तथा एल्बमको प वरिष्ठ गीतकार गणेश रशिक, गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, गीतकार तथा चिकित्सक भोला रिजाल, गीतकार एस्पी कोइराला युवा कवि प्रकाशपुञ्ज लगायतले विमोचन गरेका थिए ।
रशिकले कवि वान्तुले नेपाली ग्रामीण परिवेश, किसानी, हलो, खेतबारीका अरूले समेट्न नभ्याएका पक्षलाई कलात्मक रूप दिएर गीत र कवितामा उतारेको बताए ।
गीतकार कालीप्रसाद रिजालले कवि वान्तुले कविता र गीतको क्षेत्रमा साधना गर्दै आउनुभएको र उहाँको भविष्य उज्वल रहेको बताए । उनले सरल शब्दका अभिव्यक्तिमा आम मान्छेको कल्पनाभन्दा यथार्थ प्रतिविम्बित भएको बताए ।
गीतकार तथा चिकित्सक भोला रिजालले कविले समाजका बोक्सी प्रथा, भू्रणहत्या जस्ता पक्षमा जनचेतना जगाउने गरी लेखेर भिडियोसमेत बनाउनु प्रशंसनीय भएको बताए । भोजपुर दिल्पा नागीका गीतकार वान्तुले आफू यस क्षेत्रमा सिक्दै गरेको र अघि बढ्न राय सुझावको अपेक्षा गर्दै एउटा कविता वाचन गर्नुभयो । कार्यक्रममा एलेन वान्तवाले संग्रहका गीत कविता कविका जीवन संघर्षको कथा भएको बताए ।
कविता संग्रहमा राष्ट्रकवि माधव घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला आदिले कवि वान्तुलाई काव्ययात्राका लागि शुभकामना दिनुभएको छ । विमोजित एल्बम अमर भावनामा १२ वटा गीत संग्रहित छन् ।
म्युजिक भिडियोमा कलाकार सरोज खनाल, लक्ष्मी गिरी, मोहन निरौला, शिल्पा पोखरेलआदिले अभिनय गरेका छन् । े गायनमा भीषण मुकारुङ, राज सागर, वाणिका प्रधानले स्वर दिएका छन् । संगीत न्ह्यू बज्राचार्य र शान्तिराम राईले दिएका छन् ।