नेपाल बार एसोसिएसनको निर्वाचनमा दुई पक्षबीच कडा टक्कर देखिएको छ । मत गणताको पहिलो दिन प्रगतिशील समुहको अग्रता थियो । तर मंगलबार रातीसम्म आइपुग्दा लोकतान्त्रिक समुहले उछिनेको छ । पूर्वी क्षेत्रको इलाम, झापा र विराटनगरको मतगणना हुँदा प्रगतिशील समुह अगाडी थियो ।प्रगतिशील समुहबाट अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठले ८७ मतले अगाडी थिए । मंगवार रातिदेखि र लोकतान्त्रिक समुहका सुनिल पोखरेलले उछिनेका छन् । श्रेष्ठभन्दा उनको ७८ मत अगाडी देखिएको छ ।