आइतबार साँझको भीषण हावाहुरीका कारण बारामा मात्रै २७ जनाको मृत्यु भएको छ । ४ सय भन्दा धेरै घाइते भएका छन् । पर्सामा एक जनाको मृत्यु गएको छ ।
राति भएका कारण उद्दारको काम प्रभावकारी हुन नसकेको र सोमबार उज्यालो हुनेबित्तिकै उद्दारको काम तीव्र रुपमा भइरहेको छ । हावाहुरीपछि विद्युत्त अवरुद्ध भएकाले राति उद्दारको काम प्रभावकारी हुन सकेन ।
घाइतेको वीरगञ्ज र कलैयाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अस्पताल घाइतेले भरिएका छन् । हावाहुरीले घर भत्किँदा, बिजुलीको पोल ढाल्दा र केही ठाउँमा गाडी समेत पल्टिँदा धनजनको ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ ।
यता, आइतबार साँझको भीषण हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति पुगेपछि प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बस्दैछ । सोमबार बिहान ७ बजे बैठक बस्ने मुख्य मन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयकाअनुसार बैठकमा घाइतेको निःशुल्क उपचार, मृतकका परिवारलाई राहत र भत्किएका संरचना पुनर्निर्माणको विषयमा निर्णय हुनेछ ।