बालबिवाह विरुद्धको सय दिने सञ्चार अभियान सुरु

प्रकासित मिति: १७ बैशाख २०७५, सोमबार १३:५८

काठमाण्डौ । सामुदायिक रेडियो प्रशारक संघ अकोराबद्धारा सञ्चालित सीआइएनले बालबिवाह विरुद्धको सय दिने सञ्चार अभियान सुरु गरेको छ । आज भएको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा सामुदायिक सूचना नेटवर्क सीआइएनका प्रमुख दीपक आचार्यले सय दिनमा रेडियो मार्फत वाल विवाह अत्यका लागि १० हजार व्यक्तिको प्रतिवद्धता र बिचार प्रस्तुत गरिने जानकारी दिनुभयो । देशभरि रहेका सामुदायिक रेडियो मार्फत तल्लो तहका नागरिकहरुको आवाज संकलन गर्ने र सीआईएन मार्फत नीतिगत तहमा सरोकारवालाको प्रतिवद्धता खोज्ने उहाँले बताउनुभयो । साथै देशैभरि वाल विवाह विरुद्धको सन्देश फैलाउने पनि अभियानको उदेश्य छ । आचार्यका अनुसार अभियानका क्रममा सीआईएन र सामुदायिक रेडियोले ठाँउ ठाँउबाट प्रत्यक्ष प्रसारण, स्टुडियोमा छलफल तथा विचार र प्रतिवद्धतालाई प्रसारण गर्नेछन् । वल्र्डभिजन इन्टरनेशनल नेपालको सहकार्यमा सुरु भएको अभियानलाई परियोजनाको रुपमा नबुझ्नका लागि आग्रह गर्दै वल्र्डभिजन इन्टरनेशनल नेपालका जनसम्पर्क निर्देशक पुस्कर खातीले यस अभियानलाई सफल बनाउन सामुदायिक रेडियोलाई सबै सरोकारवालाले सहयोग गर्नु पर्ने बताउनुभयो । वाल विवाहको सन्देशलाई रेडियो लगायतका सञ्चार माध्यम मार्फत फैलाउदा बढि प्रभावकारी हुने भएकाले आफुहरुले रेडियोसँग सहकार्य गरेको उहाँले बताउनुभयो । भोलिदेखी सुरु हुने अभियान आउँदो साउन २६ गतेसम्म सञ्चालन हुनेछ । सय दिने अभियानका क्रममा स्थानिय तह तथा प्रदेश सरकारलाई वाल विवाह मुक्त नेपाल प्रतिवद्ध गराउन सञ्चार माध्यमले भुमिका खेल्ने पत्रकारहरुले बताए । सीआईएन र सामुदायिक रेडियो मार्फत उठेका सवाललाई आफुहरुले पनि उठाउने विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरुले बताएका छन् । अभियानमा वालविवाह सम्बन्धी विचार र प्रतिवद्धता सीआईएनको स्टुडियोमै पुगेर पनि जो सुकैले आफ्नै आवाजमा राख्न सक्ने तथा टेलिफोनबाट रेकर्ड गराउन सक्ने व्यवस्था गरिएको छ ।

Bhansar Bivag
Argakhachi Cement