काठमाण्डौ । बुढानिलकष्ठ नगरपालिका वडा नं १० बालुवाखानी चोकमा बिभिन्न स्वास्थ्य सेवा दिने उदेश्य सहित बालुवाखानी हेल्थ केयर सेन्टर प्रा. लि संञ्चालनमा आएको छ । संञ्चालनको शुरुमै दैनिक बिशेषज्ञ चिकित्सकद्धारा ओपिडी सेवा दिन थालको छ । जसमा डा. गणेश श्रेष्ठ, के.एम.सी अस्पतालका सिनियर कन्सल्टेन्ट डा. एस बि खड्का जनरल फिजिसीयन डा. उमेश भण्डारी तथा डेन्टल सर्जन डा. सजनी बस्नेत नेपालको उपस्थतिमा प्रत्येक दिन ओपीडि सेवा संञ्चालनमा ल्याएको छ । हरेक दिन बेलुका ४ बजे दखि ७ बजे सम्म सेवा संञ्चाल गरेको संञ्चालक गोपाल केसीेले बताए । जनतालाई स्वास्थ्य सेवा दिने उदेश्यले बालुवाखानीमा नयाँ स्वास्थ्य संस्थाको स्थापना भएको छ।बालुवाखानी हेल्थ केयरमा ई।सि।जि, प्याथोलोजी ल्याब, ओ।पी। डि। सेवा बरिष्ठ चिकित्सक परामर्श, डिजिटल भिडियो एक्स रे, डेन्टल सेवा लगायतका स्वास्थय सम्बन्धी सेवाहरु रेको हेल्थ केयरका संचालक गोपाल केसीले जानकारी दिए । हेल्थ केयरले फरक अनुभव सहितको स्वास्थ्य सेवा उपलब्ध केसीले बताए । हेल्थ केयरका अध्यक्ष श्रीराम अधिकारीले कमिशन रहित सहुलियतपुर्ण गुणस्तरीय स्वास्थ्य परिक्षण हाम्रो अभियान अन्तरगत बालुवाखनी हेल्थ केयरले बुढानिलकष्ठ क्षेत्रका जनतालाई ध्यानमा राखी स्थापना गरेको बताए । ।
बढ्दो शहरीकरण र प्रदूषणका कारण राजधानीमा अप्रत्याशित रूपमा बढिरहेको बिरामीहरूको स्वास्थ्य समस्यालाई समाधान गर्ने उद्देश्यसहित स्थापना गरिएको हेल्थ केयरमा बिरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी अरु स्वास्थ्य संस्थामा भन्दा भिन्न तरिकाले उपचार सेवा दिने अधिकारीले बताए । अधिकारीले भने
स्वास्थ क्षेत्रमा म लामो समयदेखि कार्यरत छु। कपन क्षेत्रका स्वास्थ्य क्षेत्र, स्वास्थ्य संस्थाहरूमा भएका विकृतिहरूको मैले राम्रोसँग अवलोकन पनि गरेको छु। ति कुराहरूलाई चिर्नको लागि र आफ्नै ठाउँमा सर्वसुलभ मुल्यमा उचित स्वास्थ्य सेवा दिने उदेश्य सहित हेल्थ केयर संञ्चालनमा ल्याएको बताए । हामीले अहिले नाफामुखी भन्दा पनि सेवामुखी भावनाले स्वास्थ्य सेवा दिन खोजिरहेका छौं। पैसा त जहाँबाट पनि कमाउन सकिन्छ। अर्काको शरीरलाई ठिक पार्छु भनेर संचालन गर्ने अनि तिनीहरूलाई नै चुस्ने, रोग लागेको भनेर पैसा असुल्ने उद्देश्य हाम्रो हुँदै होइन। हामी निश्चित रकम लिएर उपचार गर्छौं अधिकारीले बताए ।