दलले दियो एक सय ७० घरपरिवारलाई सौर्य ऊर्जाबाट चल्ने बत्ती
काठमाण्डौ । बिनाशकारी भूकम्प होस या हालै बारा पर्सामा हुरीबतासपीडितका नेपाल परिवार दलले जहिलेपनि जनताको साथमा रहदै दलले हरेक प्रकारको सहयोग गदै आएको छ । दलले हुरीबतासपीडितका लागि सबैभन्दा अगाडि तत्कालको लागि भन्दै ५० हजार रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । बारा र पर्सामा आइतबार साँझ मच्चाएको वितण्डामा घरवारबिहीन भएकाहरुका लागि यस्तो सहयोग गरेको थियो ।
यति मात्र हैन बिहिबार नेपाल परिवार दलका एकनाथ अध्यक्ष ढकालको नेतृत्वमा आएको एउटा टोली हावाहुरी प्रभावित क्षेत्रमा आफै पुगीे पर्याप्त राहत नपुगेको देवताल गाउँपालिकाको एक सय ७० घरपरिवारलाई सौर्य ऊर्जाबाट चल्ने बत्ती बाँडे । पूर्वमन्त्री समेत रहेका ढकालले विपत्तिमा परेकाहरूका सााथमा आफूहरू आफ्नो दल सधै रहेको सन्देश प्रवाह गरे ।
अध्यक्ष ढकालले तीनै तहका सरकार, सुरक्षा अंगहरू र विभिन्न संघ÷संस्थाले राहत तथा उद्धारमा देखाएको योगदानलाई सराहनीय रहेको उल्लेख गरे। ‘देश एउटा परिवार हो र परिवारका एउटा सदस्यलाई समस्या पर्दा अर्का सदस्यले साथ दिएको अनुभूति हुनु हुनुपर्छ जुनकुरा बारा र पर्सामा देखिएको बताए । दलका का महामन्त्री विनोद डाँगी, प्रवक्ता सन्तोषकुमार पौडेल, पूर्वसांसद मिलन राजवंशी, नेकपाका पूर्वसांसद प्रह्लाद लामिछाने लगायत बिबिबार पिडित बस्तीमै पुगेर सहयोग गरेका थिए ।
विनाशकारी हुन्डरीले क्षतिग्रस्त बनेको मधेसको एक हिस्सामा अहिले सिंगै नेपाल उपस्थित भएको देखिएको स्थानीयको बुझाइ छ । यहाँ देशका विभिन्न क्षेत्रबाट नागरिक संस्थाका प्रतिनिधिहरू राहत सामग्री लिएर आउने क्रम जारी छ । भीषण हावाहुरीले हजारौं घरबारविहीन बनाएको छ । यसको चपेटामा परेकाहरू अन्नपात, लत्ताकपडा सबै गुमाएर खुला आकाशमुनि बस्न बाध्य भएको बेला परिवार दल लगायत अन्यको सहयोले पिडीतहरुलाई राहत मिलेको छ ।