बिबादित संसारलाई जोडने काम खेलकुदले गर्छ ःपूवमन्त्री ढकाल

प्रकासित मिति: २८ बैशाख २०७५, शुक्रबार १६:२४

काठमाडौं । युनिर्भसल पीस फेडेरेसन एशिया प्यासेफिकका अध्यक्ष एवम्  पूवमन्त्री एकनाथ ढकालले भाषा र जात, धर्मको नाममा संसार बिभाजित भईरहेको बेला बिबादीत संसारलाई जोडने काम खेलकुदले गर्ने बताएका छन् । शुक्रबार दोस्रो पटक आयोजना गरिएको १२० दिने तालिममा सहभागिहरुलाई सम्बोधन गदै यस्तो बताएका छन् ।

ढकालले खेलकुद एक अभूतपूर्व सकारात्मक शक्ति भएको बताउँदै खेलको माध्ययम द्वारा देशको प्रतिष्ठा उच्च राख्न खेलाडी हरुलाई आग्रह गरे । परिवार दलका अध्यक्ष समेत रहेका नेपाल मार्शल आर्टको लागि उर्बर भुमि रहेको बताउदै खेलाडीहरुलाई दक्ष र अनुशाशित हुन शुभकामना पनि दिनु भयो । तोङ्ग इल मॊदो असोशियासन अफ नेपालका अध्यक्ष सन्तोष पौडेल, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षक तगायतको उपस्थिति रहेको थियो । तोङ्ग इल मॊदो असोशियासन अफ नेपाल राष्ट्रिय खेलकुद परिषदमा दर्ता भयको एक मार्शल आर्ट खेल हो । तालिममा देशभरीबाट १३० जनाकोको सहभागिता रहेको प्रशिक्षक प्रकाश श्रेष्ठले जानकारी दिए ।

Bhansar Bivag
Argakhachi Cement