काठमाण्डौ । ६७ औ विश्व कुष्ठ रोग दिवसको अवसर पारेर कुष्ठ प्रभाबितहरुलाई खाधान्य बितरण गरिएको छ । आईतबार कुष्ठ प्रभाबितहरुको क्षेत्रमा क्रियासिल रिड नेपालले ७ जना कुष्ठ प्रभाबितहरुलाई १ महिना पुग्ने खाधान्य बितरण गरेको हो ।
संस्थाको कार्यलमा आयोजित एक कार्यक्रका बिच बुढानिलकष्ठ नगरपालिकाका बडा नं १२ का बडा अध्यक्ष शम्बु भट्टराईले उनिहरुलाइ खाधान्य बितरण गरेका हुन् । छबीलाल सापकोटा, मिठु कुसवार, लालुसरी खड्का, पप्पुलाल चौधरी, बंशलाल डंगोल, बिनोद नेपाली र भगवानदास चौधरीलाई बडा अध्यक्षले खाध्न्य बितरण गरेका थिए ।
हरेक जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिएको छ । कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान’ भन्ने सन्देशसहित आइतबार नेपालमा यो दिवस मनाईएको हो । रिड नेपालका अध्यक्ष बासुदेव यादवको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।