बुनपा १० को आयोजनामा निःस्शुल्क स्वास्थ्य परिक्षण

प्रकासित मिति: ५ जेष्ठ २०७५, शनिबार १२:३८

काठमाण्डौं ‘घर घरमा स्वास्थ्य सेवा’ भन्ने उदेश्यका साथ् बुढानिलकण्ठ नगरपालिका वडा नं १०को आयोजनामा भएको स्वास्थ जागरण अभियान अन्तर्गत निस्शुल्क स्वास्थ्य परिक्षणको उद्धाटन शिक्षामन्त्री गिरीराजमणी पोखरेलले गरेका छन् । जेठ ५ गते शनिबार भएको स्वास्थ्य परिक्षणमा बुढानिलकष्ठ १०, १२ र १२ बडाकाबासीहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गदै शिक्षामन्त्री गिरीराजमणणी पोखरेलले नेपालमा नसर्ने रोगहरु दिनप्रतिदिन बढदै गएको छ । रोग लाग्न नदिनको लागि जनजागरणको अभियान देशब्याप्पीहरुमा संञ्चालन गनुपर्नेमा जोड दिए । उनले हामीले हाम्रो जीवन पद्धितलाई सुधार गनुपर्नेमा जोड दिदै खानपानमा बिशेष ध्यानदिन आग्रह गरे ।
कार्यक्रममा बुढानिलकष्ठ नरपालिकाका प्रमुख उद्धव प्रसाद खरेलले फोहरलाई सहि रुपमा ब्यबस्थापन गर्न सके धेरै रोगको संक्रमणबाट बच्न सकिने बताए । उनले नगरलाई रोग मुक्त बनाउनको लागि बिश्व बाताबरण दिवसको अवसर पारेर स्वास्थ्य सम्बन्धी आचार सहिता नै जागि गर्न लागेको बताए ।
कार्यक्रमको संयोजनन सामुदायिक विकास योजना महिला समाज नेपाल गरेको थियो । बुढानिलकण्ठ नगरपालिका १० बालुवाखानी स्थित रिलायन्स को एडमा बिहान ११ बजे देखि ३ बजे सम्म निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।स्वस्थ जागरण अभियानमा वरिष्ठ चिकित्सक द्वारा आँखा, दन्त परिक्षणको साथै सामान्य चिकित्सा, सुगर प्रेसर पिसाब सम्बन्धि परिक्षणका साथै जेडस्टोन थेरापी बिधि बाट उपचार गरिएको थियो । शिबिरमा जेष्ठ नागरिक तथा बालबालिकाहरुका लागि बिशेष प्राथमिकता दिईने बुढानिलकष्ठ नगरपालिकका बडा नं १० का अध्यक्ष नवराज भट्टराईले बताए ।
शिबिरमा दृष्टि क्लिंक चाबहिल,कपन डेन्टल, बुढानिलकण्ठ स्वास्थ्य सेवा फाउन्डेसन,ह्याम्स अस्पताल प्रालि ,धुम्बाराही हेल्थ एण्ड हेल्थ प्रालिले सहयोग गरेका छन् ।

Bhansar Bivag
Argakhachi Cement