बूढानीलकण्ठ नगर कार्यपालिकाको पूर्णता

प्रकासित मिति: २२ जेष्ठ २०७४, सोमबार १५:२५

काठमाडौँँ, २२ जेठ । बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिकाले  पूर्णता पाएको छ ।

उक्त नगरपालिकाका बाँकी आठ जना सदस्य आज निर्वाचित भएपछि २३ जनाको नगर कार्यपालिका बनेको छ । निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालका अनुसार आज भएको निर्वाचनमा पूरै आठ सदस्यमा नेकपा (एमाले)ले जितेको छ ।

उहाँका अनुसार पाँच महिला सदस्यमा तारा रोका, दुर्गा थापा, रिना श्रेष्ठ, शान्ता ढकाल (पुडासैनी) र सुुमित्रा त्रिपाठी (पाण्डे) निर्वाचित हुनुभएको हो । निर्वाचित पाँचै जना यसअघि निर्वाचित ६७ मध्येकै हुन् ।

दलित तथा अल्पसङ्ख्यकमध्येबाट निर्वाचित तीन नयाँ सदस्यमा कृष्णबहादुर मिजार, सुशीला मिजार र सुकुलाल मिजार निर्वाचित हुनुभएको छ । कार्यपालिकामा नगरप्रमुख, उपप्रमुख, १३ वडाध्यक्ष र आज निर्वाचित आठ सदस्य रहनेछन् । उक्त कार्यपालिकाको बैठकले ७० सदस्य रहने नगरसभा बोलाउने र तीन सदस्यीय नगर न्यायिक समिति गठन गर्नेछ । न्यायिक समितिमा उपप्रमुख पदेन संयोजक हुनेछन्

Bhansar Bivag
Argakhachi Cement