काठमाण्डौं । पछिल्लो समय युवटुव र्मार्फत प्रशारण भएको च्युर्लुङ झ्याईं नामक धारावाहिक हाँस्य टेलिचलचित्रले नेपाली चलचित्र उधोगमा नयाँ कलाकारहरु लिएर उनिहरुलाई चलचित्र उधोगमा स्थापित गराउने प्रयाश गरिरहेको छ ।
समसामयिक राजनीतिक विषयका साथै समाजमा घट्ने गरेका विकृतिजन्य कृयाकलापको चिरफारलाई मुख्य उदेश्य राखेर सामाजिक भावनाको टेलिफिल्म ‘च्युर्लुङ झ्याईं’ युवटुयुवमा चर्चा कमाउँदै गएको छ । ९ एपिसोड सम्म प्रशारण भईससकको छ । म्युजिक एण्ड मुभी एक्सप्रेस नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको टेलिचलचित्रको प्रसारण प्रत्येक हप्ताको आईतबार प्रशारण हुन्छ ।
ललितपुर जिल्ला गोदाबरी नगरपालिका ६ काफ्लडाडामा छायाँकन गरिएको सो सिरियलमा छायाँकन रामेश्वर जिरेल गरेका छन । सिरियलका कलाकाहरु सुमन श्रेष्ठ (पण्डित), रबिन थापा मगर (दाहिने), , तेन्जी लामा(पासा), राजु श्रेष्ठ(घोप्टे), दियाना राई(पूर्णीमा), टिना मगर (डल्ली), राजबंम ठकुरी(देब्रे) रहेना राई (राम साईली) , श्रिपाल मानान्धर (बाल कलाकार )रजिना मर्हजन लगायतको अभिनय रहेको छ ।