‘ब्यक्तिको पहिलो विद्यालय परिवार’

प्रकासित मिति: ८ कार्तिक २०७४, बुधबार १४:४७

कार्तिक ८ भक्तपुर । विश्व शान्ति तथा एकिकृत परिवार संघ भक्तपुरको आयोजनामा बुधबार राष्ट्र निर्माणमा शिक्षाबिद्धहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । भक्तपुरको होटल गीनल्याण्ड भएको कार्यक्रमका बत्ताहरुले असल राष्ट्र निमार्णमा शिक्षा क्षेत्रका अगुवाहरुको महत्वूर्ण भूमिका रहने बताएका छन् ।
कोरियाली शान्ति अभियान्ता डा. हिं किमले शान्ति स्थापनामा नेपालीहरुले खेलेको भुमिका विश्वका लागि उदाहरणीय भएको बताउँदै पारिवारीक मूल्य मान्यतामा नेपाल बलियो रहेको बताए । समारोहमा डा. किम होङ थेलेपारिवारको एकता नै विश्व शान्तिको पहिलो माध्यम भएको बताउँदै फादर मुनको शिक्षाले सबैलाई जोडने बताए । उनले मुनको शिक्षाले कसैलाई बिभेद नगरेको भन्दै तपाई जुन क्षेत्रमा हुनुहुन्छ त्यस क्षेत्रमा असल काम गर्न आग्रह गरे ।
निजि तथा आवसिय बिद्यालय संघका अध्यक्ष श्रीकृष्ण केसीले शिक्षाले मात्र मानिसको ब्यबहारमा परिर्वतन गर्न सकिने उल्लेख गदै युपीएफले पारिवारी शिक्षा दिने खालको कार्यक्रम गरेर समाज रुपान्तरणमा महत्वूर्ण भूमिका खेलेको बताए ।
शिक्षाबिद्ध शंकर प्रशाद पौडेलले ब्यक्तिको पहिलो विद्यालय परिवार भएको बताए । उनले परिवार बलियो बनाउने अभियान देशब्यापी रुपमा संञ्चालन गर्नु पर्नेमा जोड दिए । बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष सन्तोष कुमार पौडेल भक्तपर शाखा संयोजक रामबाबु रानामगर बिश्व शान्ति युवा संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापा लगायतले बोलेका थिए ।

Bhansar Bivag
Argakhachi Cement