ब्रुनाईलाई तीन गोलले हराउँदै नेपाल सेमिफाइनलमा

प्रकासित मिति: २३ कार्तिक २०७३, मंगलवार १३:४६

नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा मंगलबार ब्रुनाइलाई ३– ० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा नेपालले ब्रुनाइमाथी एकतर्फी जित निकाल्यो । नेपालको जितमा नवयुग श्रेष्ठ, भरत खवास र बिमल घर्ती मगरले समान एक एक गोल गरे । जितसँगै नेपाल समुह ए को बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समुह बिजेता बनेको नेपालले ४ अंक जोड्यो ।

नेपालसँग  पराजित ब्रुनाइ पनि समुह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रुनाइले ३ अंक जोड्यो । नेपालले पहिलो खेलमा टिमोर लिस्टेसंग गोलरहित बराबरी खेलेको थियो भने ब्रुनाइले टिमोर लिस्टेलाई ४ – ० ले पराजित गरेको थियो ।

नेपालले पहिलो हाफको इन्जुरी समयमा नवयुगको गोलबाट सुरुआती अग्रता लिएको थियो । दोस्रो हाफको ७१ औ मिनेटमा भरतले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८० औ मिनेटमा बिमल घर्तीमगरले पेनाल्टीमा गोल गर्दै नेपाललाई सहज जित दिलाए । ब्रुनाइका डिफेन्सले बिमललाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा बिमलले सहजै गोल गरे ।

यस्तै नेपालले ब्रुनाइसँग १० बर्षअघि बेहोरेको हारको बदला लियो । नेपालले ब्रुनाइसँग सन् २००६ मा एएफसी च्यालेन्ज कप अन्तर्गत समूह चरणमा बेहोरेको हारको बदला लिएको हो । उक्त खेलमा ब्रुनाइले नेपाललाई २–१ ले पराजित गरेको थियो ।

Bhansar Bivag
Argakhachi Cement