काठमाण्डौ । भारत सरकारद्वारा हालसालै प्रकाशित राजनैतिक नक्साको बिषयमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको बारेमा संचार माध्ययममा प्रकाशित समाचारहरु तथा जन स्तरबाट ब्यक्त गरिएको गहिरो चासो र चिन्ताको बारेमा नेपाल परिवार दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रेस बिज्ञप्ति प्रकाशित गदै बिरोध जनाएका हुन् । अध्यक्ष ढकालद्धारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ एक स्वतन्त्र र सार्बभौमसत्ता सम्पन्न राष्ट्र नेपालको भौगोलिक अखण्डतामा आंच पुर्याउने काम छिमेकि मित्रराष्ट्रहरु वाट हुनु हुदैन । हामि नेपाल र भारत बिचको मैत्रीपुर्ण सम्बन्ध आपसी हित र समानतामा आधारित हुनु पर्दछ भने मान्यता राख्दछौ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भुमि रहेको हाम्रो स्पष्ट मान्यता छ । दुइ राष्ट्र बिचको सिमानाको बिषय आपसी छलफल र बार्ता द्वारा निष्कर्षमा पुग्नु पर्नेमा एकलौटी तरिकाले नेपालको भुमि अतिक्रमण हुनेगरी भारतद्वारा जारि गरियको नक्सा हामि अस्विकार गर्दछौ र तुरुन्त सच्चाउन आग्रह गर्दछौं । यस बिषयमा नेपाल सरकारले यथासिघ्र दुइ देशको उच्च राजनैतिक तहमा छलफल गरेर कुटनैतिक तरिकाले उक्त बिषयको समाधान खोज्न पनि नेपाल सरकार संग माग गरेको छ । माग गर्दछ । यस बिषयमा विभिन्न राजनैतिक दलहरु तथा नागरिक समाज द्वारा गरियको शान्तिपूर्ण प्रदशनमा नेपाल परिवार दल ऐक्यबद्धता ब्यक्त गेरेको छ ।