भृकुटी मण्डप मेलामा सस्तोमा जुत्ताचप्पल किन्ने अबसर, ग्राहकलाई ६० प्रतिशतको भारी छुट

प्रकासित मिति: १६ बैशाख २०७६, सोमबार १७:००

चाबहिलबाट भृकुटीमण्डपमा चलिरहेको एक्स्चेन्ज मेलामा मोटरसाइकल साट्न पुगेका सरकारी कर्मचारी रमेश जोशी त्यहाँ चलिरहेको काठमाठौं जुत्ताचप्पल बिजनेस मेला अबलोकन गर्न पसेका थिए । नेपालका नाम चलेका जुत्ताचप्पल कम्पनीले गरिरहेकको मेलामा सस्तोमा पाएपछि उनी नकिनिरहन सकेनन् । उनले घरमा श्रीमती, छोराछोरी र बाबुआमालाई समेत जुत्ताचप्पल किनेको बताए । बजारमा भन्दा सस्तो पाएँ, उनले सुनाए, त्यसैले आफूलाई मात्र किन्न आएको बेला परिवारका सबैका लागि किने ।
उले जस्तै कलंकीकी रोशनी पराजुलीले पनि आफ्ना लागि ३ जोर चप्पल किनिन् । बजारमा छान्दै हिँड्न पथ्र्यो, उनले भनिन्, मेलामा किन्दा निकै सस्तो महसुस भयो । त्यही जुत्ताचप्पल बजारमा दोब्बर तिर्नु पथ्र्यो । त्यसैले मैले बर्षभरिका लागि किने ।
राजधानीको भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेलालाई मौकाको रुपमा लिएका छन् । उनीहरुले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल मेलामै किनेको बताइन् । बजारमा भन्दा सस्तो पाएकाले बर्षभरिलाई पुग्ने गरी किने, उनले भनिन्, बजार चाहारिरहनु परेन । एकै ठाउँमा सबै चर्चित ब्राण्डका जुत्ताचप्पल पाइयो ।
तपाईंलाई भारी छुटमा जुत्ताचप्पल किन्ने अबसर आएको छ । नेपाली जुत्ताचप्पल उद्योगी समुहले राजधानीको भृकुटीमण्डप प्रवेश द्वारमा सुरु गरेको मेलामा मुलुकका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकहरु बिएफ डियर हिल, रन, क्रसरोड, हाइलाइफ, रोयल, सुल्याण्ड र ग्याज फेसन कम्पनी मिलेर बुधबारदेखि मेला सु गरेका हुन् ।
मेलामा ग्राहकलाई जुत्ताचप्पल खरिदमा १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुट उपलब्ध गराइने सहभागी सु ल्याण्डका सुरज बन्जाडेले बताए । मेलामा नेपालमा चलेका अधिकांश प्रतिष्ठित जुत्ताचप्पल उत्पादकलाई एउटै छानामुनि समेटिएको छ ।
जुत्ताचप्पलका सेल मेला बेलाबेलामा हुने गरे पनि स्वदेशमै जुत्ताचप्पल उत्पादन गरेर आफूलाई स्थापित गरेका ब्राण्डको एकै ठाउँमा सहभागी भएर मेला गरेको पहिलो पटक भएको आयोजकको दावी छ ।
मेलामा महिलाका लागि समेत दर्जनौ भेराइटीका जुत्ताचप्पल उपलब्ध छन् । गर्मीमा चप्पलको सिजन सुरु भएकाले दर्जनौ मोडलका चप्पल मेलामै लन्च गरिएको रनसुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानले बताए । मेलामा आफ्नो आवश्यकताअनुसार विभिन्न ब्राण्ड र मोडलका जुत्ताचप्पल छानेर लिन पाउने अबसर उपलब्ध हुने न्यौपानेले दावी गरे । मेलामा सहभागी कम्पनीहरुले २ हजारभन्दा बढी आधुनिक डिजाइनका जुत्ताचप्पल राखेको बताएका छन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा ३ सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्मका जुत्ता उपलब्ध गराइएको आयोजकको भनाइ छ ।
गर्मी, स्कुल कलेजको भर्ना सिजन र नयाँ बर्षलाई लक्षित गरेर उत्पादन गरिएका नयाँ मोडलका जुत्ताचप्पल मेलाका आकर्षण हुनेछन् ।

Bhansar Bivag
Argakhachi Cement