भ्रमपूर्ण समाचारप्रति युपिएफद्धारा दुःख ब्यत

प्रकासित मिति: १७ श्रावण २०७६, शुक्रबार ०८:५०

काठमाण्डौ । युनिर्भसल पीस फेडेरेसनका सह–संस्थापक डा.हाक जा हान मुनको बिषयलाई लिएर बिहिबारदेखि सामाजिक संञ्जाल तथा बिभिन्न संञ्चार माध्यमहरुमा आएको समाचार प्रति कुनै सत्यता नरहेको बिज्ञप्ति मार्फत स्पष्ट पारेको छ । युनिर्भसल पीस फडेरेशन नेपालका महासचिव बिनोद डाँगीद्धारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।
समाचार अनुसार छ बर्ष जेल परेको भनिएको ब्यक्ति कोरीया स्थीत ग्रेसरोड चर्चकी संस्थापक शिन ओकजु हुन । सो तथ्यलाइ बङयाएर बिश्वमा सम्मानित अन्तरधार्मिक नेतृत्वदायि भूमिका निबाह गरिरहनु भएकी डा. हाक जा हान मुनलाई जबरजस्ती जोडेर समाचार आउनु दुखदायि रहेको बताएको छ । बिज्ञीप्तिमा भनिएको छ बिभिन्न संञ्चार माध्यमले पनि समाचारको सत्य तथ्यलाई नकेलाई भ्रमपूर्ण तरिकाले समाचार सम्प्रेशण गरेकोमा दुख ब्यत्त गदै यस्ता भ्रमपुर्ण समाचारको पछाडि नलाग्न हामी सम्पूर्ण संञ्चार क्षेत्र लगायत आम नेपाली जनसमुदायमा आवहाँन गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement