मदन भण्डारीलाई सम्झेर हुने भयो एमाले माओवादी पार्टी एकता

प्रकासित मिति: २ जेष्ठ २०७५, बुधबार २३:३४

काठमाडौं ।मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवसको अवसर पारेर नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको वार्तामा एकतामा सहमति जुटेको हो ।आज नै निर्वाचन आयोगमा एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्ने सहमति गरेका छन् ।आजै अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा हुने दुबै दलका नेताहरुले बताएका छन् ।एकीकृत पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुनेछ । जसमा एमालेबाट २४१ जना हुनेछन् भने बाँकी २०० जना माओवादी केन्द्रबाट रहने छन् ।
स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति जुटेको छ ।स्थायी कमिटीमा एमालेबाट २५ जना हुनेछन् भने माओवादीबाट १८ जना ।एकतापछि पार्टीको चुनाव चिह्न सूर्य हुनेछ । पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेलिनवाद हुने छ । राजनीतिक कार्यदिशा ‘समाजवाद उन्मुख समावेशी लोकतन्त्र’ छ । शान्ति प्रक्रियामा आएपछि पनि एमाले र माओवादीबीच कहिले सहकार्य त कहिले प्रतिस्पर्धा मात्र होइन, एकाअर्काका विरोधीसम्म भए ।तर, १७ असोज २०७४ मा गठबन्धन बनाएर चुनाव लड्ने सहमति गर्दै सहकार्यको सुरुवात गरे । एमालेमा विष्णु पौडेल र माओवादीमा जनार्दन शर्मा ‘प्रभाकर’लाई एकताको सूत्रधार मानिन्छ ।

Bhansar Bivag
Argakhachi Cement