मनमोहम बुढिगङ्गा गाउँपालिका फुट्वल कप उपाधि मनकामना फुटबल क्लबको पोल्टामा

प्रकासित मिति: २० फाल्गुन २०७४, आईतवार ०२:१४

फागुन सुनसरी । स्मृति बोर्डिङ स्कुल, स्विट ड्रीम एकाडेमी, रुहि एकाडेमी र एन वाई सि ससुक्चरको आयोजना र बुढीगङ्गा गाउँपालिकाको संरक्षण र मनमोहन स्मृति प्रतिष्ठानको प्रवर्द्धनमा भईरहेको दोस्रो मनमोहम बुढिगङ्गा गाउँपालिका फुट्वल कप २०७४को उपाधि मनकामना फुटबल क्लबले जितेको छ । बिजेता क्लवलाई प्रदेश नं १ का सामाजिक मामिला मन्त्री जीवन घिमिरेले शिल्ड तथा पुरस्कार प्रदा गरेका थिए । पहिलो हुनेलाई रु २५,००० र दोस्रोलाई रु १५,००० धन राशि सहित सिल्ड प्रदान गरियो । आयोजक समितिको सयोजक मुकेश चौधरी प्रमुख अतिथि प्रदेश एकको समाजिक मामिला मन्त्री जीवन घिमिरे , बुढिगङ्गा गाउँपालिकाकी उप प्रमुख अमृता कुमारी गच्छदार ,मनमोहन पोलिटेक्निकका क्याम्पस प्रमुख डा। सुवास श्री पोख्रेल र मनमोहन प्रष्तिठान सदस्य सत्यनारायण चौधरी, बुढिगङ्गा गाउँपालिका वार्ड न। पाँचका वडा अध्यक्ष प्रमेश खनाल, वार्ड न। ४ का वडा सदस्य बिष्णु के सि, वडा ६का ७ का र ८ लगायत वडा सदस्यहरु र युनिर्भसल पीस फेडेरेशन नेपालका अशोक कुमार चौधरी लगायतकोउपस्थती रहेको थियो ।
पुरस्कार बितरण समारोहमा समारोहमा विभिन्न बिधालयहरु, जन सारोकार्वालाहरुहरु, नागरिक मञ्च,जेष्ठ नागरिक, सुरक्षाकर्मि लगायत स्थानीय एवं पत्रकारहरुको सहभागीता थियो। आयोजक समिति कि सचिव रिता न्यौपानेले सहजीकरण गरेको कार्यक्रमको मनमोहन स्मृति प्रतिष्ठान सद्स्री सत्यनारायण चौधरीको स्वागत गरेका थिए । खेलको बिकाश र प्रवर्द्धनको साथ र सहयोग अवस्यक रहेको र यो स्थानीय खेलाडीहरु लाई राष्ट्रको गौरव तथा सम्पति बनाउन वा भएको र अगामी खेलमा अझै हौसला दिन आफु तयार रहेको मन्त्री घिमिरेले बताए । यो खेल शान्ती , सुशासन र समृद्धिको लागि संचालित एकता, प्रेम र सहकार्यको लागि खेलिएको हुनाले सम्पुर्ण उपस्तिथ अतिथिहरुलाइ मायाको चिनो प्रदान गरेको थियो । मनकामना फुटबल क्लबका सागरलाई म्यान अफ द म्याचको पुरस्कार प्राप्त गरे ।

Bhansar Bivag
Argakhachi Cement