काठमाण्डौ । चलचित्र म्हेन्दूको शुभमुहुर्त गरिएको छ । मारोन मुभी एण्ड इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माणाहुन लागेको चलचित्र म्हेन्दूको बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पर्यटन मन्त्री रबिन्द्र अधिकारीले शुभमुहुर्त गरे ।
शुभमुहुर्तमा मन्त्री अधिकारीले चलचित्रको क्ल्याप हानेका हुन् । कार्यक्रममा बोल्दै मन्त्रि अधिकारीले ‘नेपाली मौलिक जनजिबिकालाई उठान गर्ने यो चलचित्र कोसेढुंगा साबित होस्’ भन्ने सुभकामना दिए ।
कार्यक्रममा बोल्दै बरिष्ट अभिनेता निर शाह, चलचित्र निर्माता संघका अध्यक्ष्य आकाश अधिकारी, ब्यबसायी अस्मिता सुमार्गी नेपाल पत्रकार महासंघ काठमाण्डौका उपाध्यक्ष सुर्य सुवेदी लगायतका व्यक्तित्वहरुले चलचित्रको सफलताको सुभकामना दिएका छन् ।
‘म्हेन्दू हिमाली दुर्गम भेगमा बसोबास गर्ने शेर्पा जाति र तल्लो भेगमा बस्ने आर्यन समुदायबीचको भावनात्मक सम्बन्ध उठान गर्ने विषय बस्तु उठान गरिएको बताईएको छ ।
त्यस समुदायमा ब्याप्त अन्धबिश्वास र रुढीबादी चिन्तनलाइ कथाको रुपमा प्रस्तुत गरिने चलचित्रका निर्माता अर्जुन प्रसाद डोटेलले जनकारी दिए । चलचित्रको लेखक तथा निर्देशक देव नेपाल गरेका छन् ।
चलचित्रका निर्माता अर्जुनप्रसाद डोटेल र रामकुमार अधिकारीले चलचित्रको हिमाली जिल्ला डोल्पाको सेफोक्सुण्डो देखि माथिल्लो भेग कान्जिरोवा हिमाल पारी उपल्लो डोल्पामा अबस्थित बिश्वकै सबै भन्दा अग्लो स्थानमा रहेको मानब बस्ती छार्कामा छायाँकन गरिने बताए । जसको लागि निर्माण युनिट बैशाखको दोस्रो साता त्यस तर्फ लाग्नेछ ।