रामेछाप । माघ २४, दलितले मन्दिरमा पुजा गरेको भन्दै ५ हजार जरिवाना तिराउने बेताली रामेछापका २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले सोमबार बेताली गाविस वडा नम्बर ३ मा रहेको सेरकाली मन्दिरका पुजारी द्धोय छत्र बहादुर बुढाथोकी र भिम बहादुर बुढाथोकीलाई पक्राउ गरि सहदरमुकाम मन्थली ल्याएको छ । माघ २२ गते शनिबार कृष्ण कुमार बिश्वकर्मा मन्दिरमा पुजा गर्न पसेपछि पुजारी छत्र बहादुर बुढाथोकी लगाएतका मानिसहरुले चोख्याउनु पर्छ भनि मन्दिरमा रुद्री लगाएपछि ५ हजार जरिवाना तिराएका थिए । अहिले घटनाको छानविन भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पिडकलाई कानुन् अनुसार कार्वाहि हुने र त्यसका लागी मुद्दा जाहेरीको तयारी भैरहेको प्रहरीको भनाई छ । यता पक्राउ परेको दुईजना पँुजारीले भने आफुहरुले अरुको आदेशमा यस्तो काम गरेको बताएका छन् । उनिहरुले आफुहरुलाई यस्तो कार्य गर्नका लागी उक्साउने अरुनै भएको बताएका छन् । मन्दिर जस्तो ठाउमा आफुमाथी अमानबिय ब्यवहार भएको भन्दै पिडित बिश्वकर्माले कानुन् अनुसार कार्वाहि गरि पाउँ भनि माघ २२ गते प्रहरीमा उजुरी दिएका थिए ।
यस्तै रामेछाप जिल्लाका दलित अधिकारकर्मीहरुले जिल्लामा यस्तो घटना हुन दुखद भएको प्रतिक्रिया दिएका छन् । उनिहरुले अहिलको २१ औ शताब्दीमा पनि यस्तो घटना हुनु मुलुकमा कानुनै नभएको जस्तो महशुस भएको बताए । उनिहरुले घटनामा मुछिएका पिडकलाई कार्वाहि र पिडितलाई न्याय दिलाउनका लागी आफुहरु लागीपर्ने प्रतिबद्धता जनाएका छन् ।