महालक्ष्मी नगरपालिकामा पनि साकेला उभौलीपर्वको रौनक

प्रकासित मिति: ७ जेष्ठ २०७५, सोमबार १४:१३

छाँया आचार्य( नेपाल)

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा  बस्ने किरातीहरुको सकृयतामा महालक्ष्मी नगरपालिकाको शसम्भु चौरमा पहिलो पटक   किरातीहरुले साकेला उभौली पर्व हर्ष उल्लासका साथ साकेला नाचेर मनाए । अधिकाँस नेवार, ब्राम्मण र क्षेत्रीको बसोबास रहेको महालक्ष्मी नगरपालिकामा  पछिल्लो समय पूर्वका जिल्लाहरुबाट धेरै किरातीहरु बसाई सरेर आएकाले यो क्षेत्रमा राई तथा लिम्बुहरुको जनसख्या बाक्लो भएकाले उनिहरुले किरात समिति नै बनाएर साकेला उभौली मनाउन थालेको समितिका अध्यक्ष सोनाम याख्खाले बताउनु भयो । कार्यक्रममा सहभागी गैर किरातीहरुले पनि जानि नजानी साकेला नाच्ने प्रयास गरेको दृश्य निक्कै राम्रो देखिन्थ्यो । कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा ३ का सभासद माधव पौडेलले राई समुदायको यस्ता  चाडपर्वको संरक्षणका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनप्रतिनिधिहरुलाई पनिबसाई सराई गरेर स्थायी रुपमा नगरपालिकामा आएका राईहरुलाई पनि अपनत्वहुने गरेर कार्यक्रमहरु ल्याउन आग्रहगर्नु भयो ।
औपचारिक कार्यक्रमको सुरुवात अघि प्रमुख अथितिलगायत अथितिहरु बाट सामुहिक रुपमा  प्रकृति रभूमिको पुजा गरि ढोल झ्याम्टा बजाएर साकेला नृत्यको उद्घाटन गर्दा राई र गैर राई स्थानीयहरु सबै दंग देखिन्थे । करिब ४०० जना किराँतीतथा गैर किरातीहरुको उपस्थिति रहेको कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट किराँती भेष भुषामा सजिएर साकेला नृत्यको झाकी सहित बिभिन्न समुह आउने  क्रम मध्यान्ह्स म्म नै जारी थियो ।
बैशाख पुर्णिमाबाट सुरु भएर महिना  दिन  सम्म मनाइने किरातराई समुदायको महानपर्व उभौली साकेला वसन्त ऋतु अर्थात बाली लगाउने समयमा  मनाइने उभौली पर्ब समयमै वर्षात होस रबाली नालीबोट बिरुवाबाट धेरै आम्दानी होस भनेर वरदान माग्ने चलन छ । बालि नालीमा रोग नलागोस् भनेर यस्तो नाच निकाल्ने गरेको किरात समिति महालक्ष्मी नगरपालिका ९ का सचिव उमेश सेयरालुङले बताउनु भयो ।

आफुहरुको पहिचाँन बोकेको साकेला पर्व अबदेखी सधै मनाउनको लागि सहयोग गर्न र एउटा मन्दिर स्थापना गर्ने सार्वजनिक जग्गा उपलब्ध गराई दिनको लागि राई समुदायका अगुवाएवं राजनीतिज्ञ सोनाम राईले आग्रह गर्नु भयो ।
बाली बिरुवा सप्रियोस,जंगली जनावरले दुःख नदिऊन् भन्ने कामना गर्दै ढोलझ्याम्टाको तालमा नाचेर मनाइने यस पर्व अवधि भरि प्रकृति पुजक किरात राई समुदायमा घरदेखि गाउँटोल हुँदै साकेला थानमा भेला भएर सामूहिक रूपमा साकेला मनाइने चलन छ ।
कार्यक्रममा स्थानीय समाजसेवी एवं राजनीतिज्ञ मोहन तण्डुकारले राईहरुको पहिचाँन झल्कने साकेलाका कारण महालक्ष्मीनगरपालिकामा अक्रो एउटा पहिचाँन थपिएको र यस्ता चाडपर्वको संरक्षणमा सबै जुट्नु पर्ने बताउनु भयो ।दिउँसो १ बजेबाट सुरु भएको साकेला नाच बेलुका ६ बजे सम्म पनि  निरन्तर चलेको थियो । कार्यक्रममा राई समुदायको उच्चपदमा   पुगेका ख्याती  प्राप्तव्य क्तिहरु, कलाकार तथा सञ्चारकर्मीहरुको पनि बाक्लो उपस्थिती  रहेको थियो । किरात राई समुदायका अगुवाहरुको आग्रह पछि देशभरिका सामुदायिक रेडियोहरुले पनी किराँतीहरुको ५ हजार वर्ष पुरानो संस्कृतीको प्रचार र भाषाको संरक्षणमा काम गर्ने प्रतिवद्धता सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले गर्नुभयो । कार्यक्रममा महालक्ष्मी नगरपालिकावडा नं ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष  बासु प्रसाद गौतमले साकेला मनाउनको लागि सधै सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Bhansar Bivag
Argakhachi Cement