काठमाण्डौ । म्यूजिक भिडियोमा आशालाग्दा निर्देशकका रुपमा परिचय बनाउदै लगेका अमृत गिरीको निर्देशनमा तामाङ सेलो ‘माथी त हिमाली भेगैमा’ छाँयाकन गरिएको छ । काठमाडौको अत्यन्तै सुन्दर ठाउ जर्सिङ पौवा वरपर तथा बौद्धमा समेत छायांकन गरिएको छ ।
शब्द तथा गायक उर्सि स्याङ्बोको रहेको ‘माथि त हिमाली भेगैमा सेलो गीतमा गायिका शशिकला मोत्तानको स्वर रहेको छ । गीतको संगित प्रयास दोङले गरेका छन् ।
गीतमा तामाङ र शेर्पा समुदायको सस्कृतिलाई समेटिएको छ । गीतमा सिन्धुपलान्चोक र धार्मिक स्थाल पाँचपोखरीको बर्णन गरीएको निर्देशक अमृत गिरीले बताए ।
गीतमा टेलिचलचित्रमा कमेडी कलाकारको रुपमा परिचय बनाएका रबिन मगरको अभिनय रहेको छ । गीतमा विशाल शेर्पा, रश्मि राई, प्रीया तामाङ, सरोज तामाङको पनि अभिनय हेर्न सकिन्छ । गीतको छायाँकलन रामेश्वर जिरेलको रहेको छ भने श्रङगार बिमला तामाङले गरेकी छन् । गीतको कोरियोग्राफि भने छिरीङ लामा र अनिल भुजेलले गरेका छन् ।
यतिबेला म्युजिक भिडियोको सम्पादन कार्य भैईरहेका छ ,अब छिट्टै युटुब च्यानल मार्फत सर्बजनिक गरिने निर्देशक अमृतले जानकारी दिए । निर्देशक गिरीले यस अघि पनि धेरै म्युजिक भिडियो तथा चलचित्रमा समेत सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् ।