मेरो मुमाको यादमा

प्रकासित मिति: १ असार २०७५, शुक्रबार ०२:२९

अस्मी शर्मा

 

“मुमाकोमा भोलि जाने !’’
यी वाक्यको किमत सायद म तब बुभ्mदिन थे ।
केवल मिठो खाना, नयाँ नाना अनि मिठाई,
सायद यिनी कुरामा नै सिमित थियो,
मेरो मामाघरको सपना मेरो मुमाको यादमा ।।

त्यो सेतो निधारमा रातो टिका र सिन्दुर,
गुलाबी त्यो गुलाबी लिपिष्टिक,
अनि रातो ओठमा रातो त्यो कलिलो कमलो गाला ।
मुसुक्क मुस्कुराउँदै टाढैबाट अँगालोमा लिन्थिन्,
यो मेरो मामाघरको सपना, मेरो मुमाको यादमा ।।

के खाने ? भोक लागेन ? थाक्यौं ? कस्तो छौं ?
प्रश्नमाथि थपिने त्यो प्रश्न मिठो स्वरमा,
मेरो आँखा भने हुन्थ्यो त्यो लुकेको मिठाईमा,
छेउमा राखी गाला सुम्सुमाउँदै मायाले अँगाल्थिन्,
यो मेरो मामाघरको सपना, मेरो मुमाको यादमा ।।

मःमः कि खाना, थुक्पा कि, मासुको भिन्न प्रकार,
सबै केवल हाम्रो लागि तयार र ताजा,
आप्mनो विस्ताराबाट विस्तारै उठ्दै उनी डो¥याउँथिन्,
कुनामा राखी थालमा सबैकुरा पस्कन्थिन्,
यो मेरो मामाघरको सपना, मेरो मुमाको यादमा ।।

न्यानो अँगालो, मायालु चुम्बन अनि त्यो हाँसो,
सबैलाई समेटी सुम्सुमाउँदै मलाई सुताउँथिन्,
कहिले कथा त कहिले मामामाइजुको बारेमा सुनाउँथिन,
लुकाई दराजबाट मिठाई निकाली खुवाई दिन्थिन्,
यो मेरो मामाघरको सपना, मेरो मुमाको यादमा ।।

त्यो कहिल्यै नक्मकिने हिँडाई र नबिजाउने बोली,
सदैव हाँसिरहने त्यो अनुहार अनि सुनिरहुँ लाग्ने त्यो बोली,
रिसाउँदा पनि माया झल्कने त्यो उनको आवाज,
परिवारको दियो र घरको उज्यालो त्यो मुहार,
यो मेरो मामाघरको सपना, मेरो मुमाको यादमा ।।

प्रत्येक वर्ष त्यो टिका पछिको टल्किने झिलमिले,
आँखा बन्द गर्न लगाई त्यो सिङ्गा नै उनको प्रवृति,
सुटुक्क लुकाई सबैलाई मनपर्ने समान राखिदिन्थिन्,
मचाँहि अभैm त्यो खाटमा बसी त्यो मिठाई कुरिरहन्थे,
यो मेरो मामाघरको सपना, मेरो मुमाको यादमा ।।

आजपनि गए म त्यहाँ, त्यहि मामाघरमा त्यो सपना जिउन,
तर त्यो उज्यालो घर अन्धकारमय लाग्यो, त्यो खाट सुन्य थियो,
फर्किएर खोज्दै हिँडे त्यो मुस्कुराउने अनुहार त्यो रातो गाला,
पाए एउटा कुनामा सजिएको, खदामा ढाकिएको जो थियो मैले खोजेको,
यो मेरो मामाघरको सपना, मेरो मुमाको यादमा ।।

न बोल्नु हुन्छ उहाँ, न बोलाउनु हुन्छ, नसुन्नु हुन्छ, न सुनाउनु हुन्छ,
म देख्छु केवल एउटा कुनामा खदामा लपेटिएकी मेरी सुन्दर मुमा,
न हाँसी, नबोली, नरोई, नकराई सुतिरहनु भएको छ,
सायद सबैलाई बिराई, सबैलाई बिर्सिनु भएको छ,
यो मेरो मामाघरको सपना, मेरो मुमाको यादमा ।।

अभैm छ त्यो रातो लालि, टिका अनि सिन्दुर,
त्या अनुहारलाई सुहाएको त्यो रातो सारी,
सबै उहि थियो, त्यहि घर, त्यहि मुमा अनि त्यहि म,
थिएन त केवल त्यो शरिरमा सास र मेरो मनमा आश,
फेरी खेल्ने मुमाको काखमा, फेरी निदाउने मुमाको खाटमा,
सायद खुसी छौं हामीलाई हेरी मुसुक्क मुस्काउँछौं मलाई सम्झी,
फर्केर आउने मौका पाए मलाई नै काखमा राख्नु है,
प्रार्थना गर्नेछु सदैव तिम्रो खुशियालीलाई,
यो मेरो मामाघरको सम्झना मेरो प्यारो मुमाको यादमा ।।

Bhansar Bivag
Argakhachi Cement