काठमाडौँ । राजधानी काठमाडौँ शहर, सपनाको शहर जहाँ दैनिक हजारौँ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन । त्यसै सपना संग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवती हरुको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ।
कलाकारिता तथा मोडलिङ क्षेत्रमानै भबिष्य सम्झेर कुशल, नायिका तथा मोडल बन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन दियाना राई । मानिसहरुमा बढ्दो ग्ल्यामर्स मोह चाहले गर्दा मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन चाहने युवा युवतीहरुको संख्या दिन प्रतिदिन बृदी हुदै गएको छ भने नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडल दियाना लागेकी छन् ।
खोटाङ्ग जन्मथलो भएर बिगत ४ बर्ष देखि काठमाडौँलाई कर्मथलो बनाउदै मोडलिङमा निरन्तरता दिदै आएकी दियाना अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छन् ।नृत्य र अभिनयमा अब्बल दियाना सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी भित्रको आकर्षण हो । डिठासाप टेलिचलचित्र लगायत करिब १ दर्जन म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरेकी दियानाले आफ्नो अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।
दियाना राई हेर्दा आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि मोडल यदि अन्य कुनै पनि ठाउँबाट म्युजिक भिडियो, टेलिचलचित्र तथा फिल्ममा अफर आएमा आफ्नो क्षमता कला, कौसल प्रदर्शन गरेर अभिनय गर्न पछि नपर्ने उनि बताउँछिन् । दियाना भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो कलाकारिता क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनी भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि उनी बताउँछिन । कला क्षेत्रमा समर्पित भएर लाग्ने हो भने यस क्षेत्रमा बाँच्न समस्या नहुने उनको तर्क छ । आफु कलालाई सम्मान गर्ने भएकोले कलाकारिता क्षेत्रमा केहि नयाँ कुराको आयाम थप्दै भविष्यमा सम्पूर्ण नेपालीहरुको मन जित्दै एक कुशल कलाकार बनेर राष्ट्रको सेवा गर्ने उनको उदेश्य छ । दियाना अभिनयको अलवा राम्रो श्वरको पनि धनी हुन् । फुर्सदको समयमा पुस्तक पढन रुचाउने उनि नयाँ नयाँ ठाउँ घुम्न मनपराउँछिन् । उनी अभिनित हास्य टेलिचलचित्र ‘च्युर्लुङ झ्याईं’ युट्युवमा चर्चित बन्दै गएको छ । सो टेलिचलचित्रमा उनले गाउँले युवतीको भूमिकामा शशक्त अभिनय गरेकी छन् ।