दिपेन्द्र पौडेल
पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशनमा नेतृत्वमा आउन चाहनेहरुको भिडमा हँसिलो युवा उम्मेदवार सोवित पौडेल जो आफू सबैको प्रिय हुँ भन्छन् ।
संघको कार्यसमिति सदस्य पदका उम्मेदवार सोवित पौडेल भन्नुहुन्छ ‘म जित्नलाई मात्र उम्मेदवार भएको होइन, जितेर केही गरेर देखाउनु छ । साथै आफ्नो अनुभवलाई निजी क्षेत्रको छाता संस्थाको विकासमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै, जित्ने कुरामा, म आफूमा र सारा पोखरेली व्यवसायीहरुको म माथिको माया प्रति बिश्वास राख्दछु ।’
सानै उमेरमा सफलता हात पारेका सोवित डाँफे होटल ट्रेनिङ ल्याङ्ग्वेज एकेडेमी, डाँफे होटल प्रा.लि., विन्ध्यवासिनी पार्टी प्यालेस, ओम साखिमी सप्लायर्स तथा कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज लगायतका व्यवसायिक फर्महरुका संचालक हुन् भने लायन्स क्लब, जेसीज लगायतका सामाजिक संस्थाहरुमा समेत सकृय छन् ।
हामी सबैलाई थाहा छ पोखरा उद्योग वाणिज्य संघ पोखराको निजी क्षेत्रको अभिभावकीय दायित्व बोकेको संस्था हो । जसको लामो इतिहास प्रति सारा पोखरेली गर्व गर्छन । आसन्न ३२ औं महाधिबेसनमा रबिन्सन प्रजु र दामु अधिकारी अध्यक्ष पदको नेतुत्वको लक्ष्य सहित प्यानलकै रुपमा अगाडी बढिरहेका छन् । जुन, स्पष्ट रुपमा राजनीतिक रुपमा छुट्टिएका छन् । युवा पंक्ति पनि दुवै प्यानलबाट अगाडि आएका छन् । उनीहरु मत माग्न घरदैलोमा ब्यस्त छन् ।