यस्तो छ संसद पदाधिकारीको तलब सुविधा

प्रकासित मिति: ३० फाल्गुन २०७४, बुधबार ०२:२५

काठमाण्डौं । संधिय संसदका पदाधिकारीको तलब र सुविधा के होला कति होला भन्ने धेरैलाई चासो लाग्नु स्वभाबिकै हो । सभामुख र राष्ट्रियसभा अध्यक्षले पारिश्रमिक बापत मासिक ६७ हजार ३ सय २० रुपैयाँ र आवास सुविधाबापत मासिक २८ हजार २ सय ७५ रुपैयाँ पाउने छन् ।

प्रतिनिधिसभामा विपक्षी दलका नेता, उपसभामुख र उपाध्यक्ष, राष्ट्रियसभामा विपक्षी दलको नेता, सत्ता पक्षको नेता र मुख्य सचेतक, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक र सभापतिले मासिक पारिश्रमिक ६० हजार ९ सय ७० र आवासबापत मासिक २५ हजार ६ सय ८ रुपैयाँ पाउनेछन् ।

यस्तै, दलको प्रमुख सचेतक, सत्ता पक्षको सचेतक र विपक्षी दलको सचेतकले मासिक ५७ हजार ७ सय ८० र आवास सुविधाबापत मासिक २४ हजार २ सय ६८ रुपैयाँ पाउनेछन् ।

सविधानको धारा २९६ को उपधारा १ बमोजिम बनेको ऐनमा पदाधिकारी भन्नाले सभामुख, अध्यक्ष, विपक्षी दलको नेता, सत्ता पक्षको मुख्य सचेतक, नेता, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक, दलको प्रमुख सचेतक, विपक्षी दलको सचेतक र सभापति रहने प्रावधान छ ।

Bhansar Bivag
Argakhachi Cement