यू–१९ विश्वकप छनोटमा नेपालको जित

प्रकासित मिति: २ बैशाख २०७६, सोमबार ०९:४२

नेपालले मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा सानदार जित निकालेको छ ।बायुमास रंगशालामा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्दै जित निकालेको छ । विश्वकपमा छनोट हुने नेपालका लक्ष्य भने कठीन छ ।
टस हारी पहिले ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३।५ ओभमा ९२ बनाउँदा अलआउट भयो । ९३ रनको लक्ष्य नेपाली यू–१९ टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै जित हात पारेको हो । नेपालको जितका लागि रित गौतमले नटआउट ३९ रन बनाए, आशिफ शेखले २६, पजन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान गरे ।

Bhansar Bivag
Argakhachi Cement