कला संस्कृतीलाई संरक्षण गर्न बजेट छुट्याउनु पर्छ :नेता श्रेष्ठ
धनुषा । प्रदेश नै २ को धनुषा गणेशमान चारनाथ नगरपालिकामा आर्थिक बर्ष २०७६र०७७का लागि कार्यक्रम योजना तर्जुमा गर्दै वडा भेला सम्पन्न भएको छ । गणेशमान चारनाथ नगरपालिका प्रमुख रामबाबु यादवको प्रमुख आतिथ्यतामा वडा नं ५ का अध्यक्ष जयचन्द्र भट्टराई तथा वडा सदस्य, वडावासी तथा राजनितीक पार्टीका प्रतिनीधिहरुको उपस्थितीमा भेला सम्पन्न भएको थियो ।भेलामा उपस्थितभएकाहरुले आफ्नो क्षेत्रमा चाहिएको विकासको कार्यको लिस्ट वडा सचिव श्यामसुन्दर अधिकारीलाई बुझाएका थिए ।योजना दिने क्रममा खानेपानी, सडक, तटबन्ध हुनुपर्ने बताएका थिए भने कतिले आफ्नो ब्यक्तिगत समस्या पनि राखेका थिए ।कार्यक्रममा नेकपाका नेता विनोदकुमार साहले जुन ठाँउमा विकासका कार्यक्रम छ त्यही ठाँउमा उपभोक्ता समिती बन्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै समाजवादी पार्टीका युवा नेता रितबहादुर श्रेष्ठले पूर्वाधार विकासका लागि स्वास्थ्य, शिक्षा, खेलकुद र आफ्ना भएका कला संस्कृतीलाई पनि बजेट छुट्याएर त्यसतर्फ अगाडी बड्नुपर्ने बताए ।अन्तमा संकलन भएका सुझाव तथा सल्लाहलाई मनन गर्ने भन्दै वडा अध्यक्षले सवैलाई धन्यवाद दिए ।कार्यक्रम श्री त्रिभुवन मा।वि चिसापानीमा भएको थियो ।