काठमाडौं । कलाकारीताको माध्यमबाट समाजलाई रुपान्तरण गर्न रगिन दुनियमामा प्रबेस गरेका राजनीतिज्ञ हुन् बिष्णु एडि । नेपाली काङ्ग्रेसको भातृ संगठन तरुण दल बझाङका जिल्ला अध्यक्षको रुपमा लामो समयदेखि क्रियाशिल एडि अहिले राजनीतिसँगै कलाकारिता तिर पनि लागेका छन् ।
झट्ट रमाइलो लाग्ने कला क्षेत्रमा स्थापीत हुन त्यति सहज छैन तैपनि एडि अभिनय यात्रा निरन्तर लागिरहने बताउँछन् ।
हालै मात्र बजारमा आएको उमाशकर जोशीको स्वरमा सजियको लोक देउडा गितमा अभिनय गरेका एडि भन्छन् “नेपाली देउडा गितले अहिले राम्रो बजार पाइरहेको छ । नयाँ नयाँ पुस्ताहरुले पनि यसलाई राम्रैसँग अँगालेको पाईन्छ । तर विकृति पनि उस्तै बढेको छ । त्यसमा म एकदमै चिन्तित छु । यसले आज देउडाले जुन ख्याती कमाएको छ र नयाँ पुस्तालाई जिविकोपार्जन गर्न सजिलो भएको छ साथै लोप हुन लागेको जुन भाका छ, त्यसले जीवन्त पाएको छ । त्यसलाई असर गर्छ । त्यसैले हामी बेलैमा सचेत हुन जरुरी छ ।”
बिष्णु एडिलाई थुप्रै ठाउँ बाट अभिनय गर्नको लागि अफर आइरहेको तर उनले समय अभावको कारण सोच जस्तो काम गर्न पाएका छैनन् । उनले दसेै तिर अर्को भिडियो मा अभिनय गर्ने योजना रहको बताए । उनले अभिनय गरेको देउडा गितले अहिले निक्कै चर्चा बटुल्न सफल भएको छ ।
भबिश्यमा राजनीति र कलाकारीतालाई आफ्नो कर्म थलो बनाउने लक्ष्य बोकेर हिडेका एडि नेपाली चलचित्र उधोगमा समेत काम गर्ने योजना छन् हक्की स्वभावका एडि मनमा लागेको कुरा तुरुन्त अभिब्यक्त गरिहाल्छन् ।
(भिडियोको लागि तलको लिंक खोल्नुहोला)