डोर(शंकर)बरुवाल
रामेछाप । माघ २५ गते,रामेछाप जिल्लाका दलित अधिकारका बारेमा काम गर्ने संस्था र दलित अधिकार कर्मीहरुले रामेछापको बेताली गाविकासमा भएको घटन प्रति दुःख ब्यक्त गदै पिडकलाई कानुन् अनुसार तत्काल कार्वाहि गर्नुपर्ने माग माग गरेका छन् । उनिहरुले रामेछापको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरि तत्काल पिडकलाई जातिय छुजाछुत तथा कसुर ऐन २०६८ अनुसार कारर्वाहि गराउनका लागी आफुहरु एक भएर लाग्ने जनाएका छन् । २१ सौ सताब्दीमा आएर मानव समुदायमा बिभेद र छुवाछुत जस्ता घटनाले स्थान पाउनु निकै दखद भएको पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा यस्ता घटना निरुत्साहित गर्नका लागी राज्यका सबै निकाय ,राजनैतिक दल र तिनका भातृ संगठन समाजसेवी तथा मानवअधिकारवादी , दलित संघसंस्था र नागरिक समाज लगायतका सरोकारवाला निकाय सबैको ध्यानाकर्षण गराउदछौ भनिएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रीय सदस्या भिम बहादुर नेपाली ,दलित गैर सरकारी संस्था महासं मध्यमाञ्चल क्षेत्रिय सदस्य सिताराम लोहार , राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापका अध्यक्ष लेख बहादुर बिक, राष्ट्रिय पुननिर्माण युवा संजाल रामेछापका संयोजक सरिता खाती र समतमञ्च नेपाल मन्थली रामेछापका कोषाध्यक्ष चन्द्र बहादुर खातीले बिज्ञप्ती मार्फत घटनाका पिडितलाई न्याय दिलाउनका लागी प्रतिबद्ध भएर लाग्ने जनाएका छन् । उनिहरुले मन्दिरमा पुजा गरेको भन्दै ५ हजार जरिवाना तिराउन आदेश दिने स्थानिय गुञ्ज बहादुर कार्की र नेपे भन्ने मकर नाथ जोगीलाई पनि तत्काल पक्राउ गरि कानुनु अनुसार कार्वाहि गर्न सरोकारवाला निकाय सैबैलाई आग्रह गरेको छ । उनिहरुले अहिलेको समयमा यस्तो घटना हुनुु दुखद भएको भन्दै पिडितलाई न्याय दिलाउनका लागी सहयोग गरिदिन सबैलाई बिज्ञप्ती मार्फत आग्ह पनि गरेका छन् ।