रामेछापमा ५ सय घर पुननिर्माण , केहि गबिसमा दक्ष गालिगढको अभावमा पुननिर्माणको काम अगाडि बढ्न सकेन

प्रकासित मिति: २७ माघ २०७३, बिहीबार १४:२९

२७ माघ, रामेछाप ।रामेछाप जिल्लामा ५ सय नीजि घर पुननिर्माण कार्य सम्पन्न भएको छन् । पहिलो किस्ता लिएपछि रामेछापमा  निजी घर पुननिर्माणले गति लिएको हो। भुकम्प पीडितले असोज महिनाबाट सरकारले भुकम्प पीडितलाई घर निर्माणको लागि पहिलो किस्ता पचास हजार रुपैयाँ प्रदान गरेपछि भुकम्प पीडितहरु घर निर्माणमा जुटेका छन् ।
रामेछापमा छ  महिनाको अवधिमा पाँच सय नीजि घर पुननिर्माण भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण रामेछापका कार्यालय प्रमुख ऋषिराज आचार्य बताउनु भयो । उहाँले यस बर्ष नौ हजार घर पुननिर्माण गर्नको लागि दोस्रो किस्ता निकासा मागिएको समेत बताउनु भयो । उहाँ हाल तीन हजार घरहरु पुननिर्माण भइरहेको बताउदै जिल्लाका दुई वटा नगरपालिका र ४५ गाविसमा नै पुननिर्माणको काम भइरहेको बताउनु भयो ।
साथै रामेछापको गौश्वरा, बेथान, खनियापानी, राकाथुम, मुझवा, गुन्सी, भिरपानी, चनुख, देउराली, गुम्देल, प्रिति, कुभकास्थली लगायतका गाविसमा दक्ष गालिगढको अभावमा  अझै पनि पुननिर्माणको काम अगाडि बढ्न नसकेको प्रमुख आचार्यल बताउनु भयो।
आचार्यको अनुसार पुननिर्माणको काममा हाल जिल्लाभर १ सय ६ जना प्राविधिक खटिएका छन् ।

Bhansar Bivag
Argakhachi Cement