राष्टिय पर्वमा समाहित हुन माझी समुदाय जुर्मुराउँदै

प्रकासित मिति: २० फाल्गुन २०७४, आईतवार ०५:२९

रामेछाप,मन्थली फाल्गुन १५ गते । नेपालमा परापुर्व कालदेखि ऐतिहासिक पहिचान बनाउदै आएका माझी समुदायको महान पर्व लदी पूजा अर्थात जलपूजा रामेछापको सदरमुकाम मन्थली कोशी किनारमा पहिलो पटक औपचारिक रुपमा सम्पन्न भएको छ । यस अघि आ आफ्नै पारिवारिक तवरमा मनाउँदै आईएको यो पर्व यस बर्ष प्रदेश नम्वर ३ का भौतिक तथा पुर्वाधार मन्त्री केशव स्थापितकको प्रमुख आतिथ्यमा सम्पन्न हुँदा समारोहमा मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेत,माझी जातीकी पहिला साँसद रीता माझी,नेपाल पत्रकार महासँघ रामेछाप सभापति रमेश ढुगँेल,चलचित्र पत्रकार सँघका सँस्थापक उपाध्यक्ष डी.पी.शाह चक्रवर्ती,जिल्ला स्थित बिभिन्न गाँउ पलिकाका प्रमुखहरु,सुरक्षा निकायका प्रमुखहरु लगायत स्थानीय तथा राष्टिय स्तरका समाजका अगुवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो । नेपाल माझी उत्थान सँघ जिल्ला कार्य समिति,रामेछापका अध्यक्ष ईन्द्र बहादुर माझीको सभापतित्व तथा हरि माझीको उद्घोषणमा सञ्चालित कार्यक्रममा सम्वोधन गर्दै मन्त्री स्थापितले कोशीमा थुप्रै उद्यमशीलताको सम्भावना रहेको चर्चा गर्दै सम्पुर्ण माझीहरुले आ आफ्नो सिप र प्रतिभाको भरमा बिदेशी पर्यटकहरुलाई सहजै आकर्षित गर्न सक्ने कुरा बताउनु भयो । मेयर बस्नेतले माझी समुदायको प्रमुख पर्व लदी ( जल पूजा ) को अवसरमा आगामी वर्ष देखि रामेछाप जिल्लामा सार्वजनिक बिदा दिनुका साथै बर्षेनी एकाउन्न हजार उपलब्ध गरिने प्रतिवद्धता ब्यक्त गर्नु भयो भने मन्त्री स्थापितले केद्रिय स्तरमा समेत यस पर्वलाई सुचिकृत गराएर राष्टिय स्तरमा बिदा दिने तर्फ पहल गरिने कुरामा जोड दिनु भयो । जलपूजाको अवसरमा बिभिन्न माझी कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा कलाकारहरु बिरबल माझी र बबिता माझको बेग्ला बेग्लै प्रस्तुतिमा दर्शकहरु रमाएका थिए ।

Bhansar Bivag
Argakhachi Cement