काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले युबाहरु राष्ट्रका इमान्दार सिपाही रहेको बताएका छन् । कार्प नेपाल द्वारा आयोजित जीवन उपयोगी २१ दिने तालिमको समापनको अवसरमा सोमबार जोरपाटीमा बोल्दै यस्तो कुरा बताएका हुन् । उनले युबाहरुलाई राष्ट्रको चुनौतिको सामना गर्न तयार रहन आग्रह गदै नयाँ पिढीमा सकारात्मतक चिन्तन, इमान्दारिता र देशभक्तिको भावनामा बिचलन आएको प्रति चिन्ता ब्यक्त गरे । पूर्वमन्त्री ढकाले सार्बजनिक सोँच र देशप्रेम अहिलेको आबस्यकता रहेको बताउँदै ढकालले युबाहरुले सत्यताको बाटो अगाडी सबै खाले बिकृति र विसंगतिको अन्त्य गर्न युवाहरु लाग्नु पर्नेमा जोड दिए ।
ढकाले राष्ट्रलाइ जर्बर जस्ती नेतृत्व थुपार्ने संस्कारको अन्त्य गरि देश र जनताको आबस्यकता पूर्ति गर्न सक्ने नेतृत्वको रुपमा उदय हुन युबाहरुलाई आवहान गरे । उनले युबाहरुलाई परिबर्तन र शान्तिको बाहक हुन भन्दै ढकालले तालिममा सहभागी हरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
कार्प नेपालका अध्यक्ष रुपसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विश्व शान्ति युवा संघ नेपालका अध्यक्ष प्रकाश बाबु थापा लगायतले बोलेका थिए । तालिममा देशभरीबाट झण्डै तीन दर्जन भन्दा बढी युवा युवतीहरुको सहभागिता रहेको थियो ।