राष्ट्रपतिको सपथ आज अपरान्ह ४ बजेको लागि तय

प्रकासित मिति: ३० फाल्गुन २०७४, बुधबार ०२:३८

दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीको सपथ बुधबारका लागि तय भएको छ । बुधबार अपरान्ह ४ बजेको लागि सपथग्रहणको कार्यक्रम तय भएको शीतल निवास स्रोतले लोकान्तरलाई जानकारी दियो ।
भण्डारीलाई राष्ट्रपति भवन शीतलनिवासमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथ दिलाउनेछन् । संविधानमा राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ दिलाउने व्यवस्था रहेको छ ।

राष्ट्रपति भण्डारी मंगलबार भएको निर्वाचनबाट दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्  ।
निर्वाचनमा उनले  ३९ हजार २७५ मतभार प्राप्त गरेकी थिइन् ।

Bhansar Bivag
Argakhachi Cement